back
CTIZAN AD

विदेश जान लागेका खेलाडीहरुलाई किन रोक्यो अध्यागमनले ?

वि.सं.२०७६ मंसिर २९ आइतवार

723 

shares

२९ मंसिर, काठमाण्डौं । नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिएका छन् ।

प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मङ्सिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकूद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको थियो ।

प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत लामा त्यसतर्फ जाने कार्यक्रम थियो । प्रतियोगितामा विश्वभरिका ११६ भन्दा बढी देशबाट खेलाडीको सहभागिता छ । नेपाली खेलाडी छनोट हुँदा पनि कजाकस्तान जान पाएनन् ।

खेलाडी तथा प्रशिक्षकलाई च्याम्पियनशिपले स्पोन्सर गरे तापनि विभागले विनाकारण रोक लगाएको भनी प्रशिक्षक कुँवरले गुनासो पोखे । प्रतियोगितामा भाग लिनबाट वञ्चित खेलाडी राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदा पनि प्रतियोगितामा सहभागी हुनबाट रोकिएको जिकिर गरे ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १६:५० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...