back
CTIZAN AD

पिपिएल क्रिकेटमा चितवनको जित

वि.सं.२०७६ पुस १ मंगलवार

684 

shares

१ पुष, चितवन । पोखरमा जारी पोखरा प्रिमियर लिग –पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजित गर्दै विजयी शुरुआत गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । पोखराले दिएको १०८ रनको सामान्य लक्ष्य चितवनले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै भेटायो ।

चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । ४२ बल खेलको उनले ६ चौका र चार छक्का प्रहार गर्दै अविजित ६६ रनको योगदान दिए । त्यस्तै सन्नी पटेलले २२ तथा रोहन मुस्ताफाले ११ रन जोडे ।

बलिङतर्फ पोखराका राशिद खान र सर्वोजित लड्डाले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १०७ रन बनाएको थियो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी कुशल मल्लले १३ रन जोड्दा आसिफ शेख, राशिद खान र रवि इन्दर सिंहले समान १०/१० रन जोडे । दुई खेल खेलेको पोखराले एक खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ ।

वि.सं.२०७६ पुस १ मंगलवार १५:४६ मा प्रकाशित

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

काठमाडौँ । उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र...

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक एवं पूर्वप्रधानमन्त्री...

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...