१ पुष, युके । युकेमा रहेका तनहुँ खैरेनीटारका समाजसेवी बसन्त बहादुर थापा मगरको सोमबार मृत्यु भएको छ ।
युकेको प्लम्बस्टिड निवासी ‘जातिय मुक्ति’ अभियन्ता तथा समाजसेवी थापामगरको उपचारका क्रममा सोमबार (डिसेम्बर १६) मृत्यु भएको हो ।
सिकिस्त विरामी परेका उनको क्विन एलिजावेथ अस्पताल वूल्व्हिचमा उपचारका क्रममा मंगलबार मृत्यु भएको युकेबाट थर्क रानाले जनाएका छन् ।
रानाले जातिय मुक्तिका योद्धाको मृत्युले आफूहरु मर्माहत भएको बताउँदै श्रद्धान्जलि व्यक्त गरेका छन् ।
आइतबार मात्र अस्पतालमा पुगेर स्वासथ्यलाभको कामना गरेर फर्किएको बताएका रानाले सामाजिक संजालमा लेखेका छन्- ‘अस्ताए जातिय मुक्तिका योद्धा’
वि.सं.२०७६ पुस १ मंगलवार १६:०५ मा प्रकाशित




























