back

पिपिएल क्रिकेटमा चितवनको जित

वि.सं.२०७६ पुस १ मंगलवार

444 

shares
GLOBAL IME AD
NTC AD

१ पुष, चितवन । पोखरमा जारी पोखरा प्रिमियर लिग –पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजित गर्दै विजयी शुरुआत गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । पोखराले दिएको १०८ रनको सामान्य लक्ष्य चितवनले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै भेटायो ।

चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । ४२ बल खेलको उनले ६ चौका र चार छक्का प्रहार गर्दै अविजित ६६ रनको योगदान दिए । त्यस्तै सन्नी पटेलले २२ तथा रोहन मुस्ताफाले ११ रन जोडे ।

बलिङतर्फ पोखराका राशिद खान र सर्वोजित लड्डाले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १०७ रन बनाएको थियो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी कुशल मल्लले १३ रन जोड्दा आसिफ शेख, राशिद खान र रवि इन्दर सिंहले समान १०/१० रन जोडे । दुई खेल खेलेको पोखराले एक खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ ।

वि.सं.२०७६ पुस १ मंगलवार १५:४६ मा प्रकाशित

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

एक करोड १५ लाख लिटर दूध प्रशोधन

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख...

आजको मौसम : देशमा स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

आजको मौसम : देशमा स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...

पन्ध्र गोही राप्तीमा छाडियो

पन्ध्र गोही राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका...