back
CTIZAN AD

बैदेशिक रोजगारीमा गएका ४१५३ नेपालीको मृत्यु, हेर्नुहोस् कुन देशमा कति युवाको ज्यान गयो ?

वि.सं.२०७६ पुस ३ बिहीवार

1.1K 

shares

३ पुष, काठमाण्डौं । बैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेका ४१५३ नेपालीको मृत्यु भएको आंकडा सार्वजनिक भएको छ ।

बैदेशिक रोजगार विभागका अनुसार यो आंकडा पछिल्लो पाँच वर्षको हो । पैसा कमाएर आफ्नो परिवारको जीवन सुखमय बनाउछु भनेर विभिन्न देशमा पुगेका ४१५३ नेपालीको ज्यान गएको हो ।

बुधबार प्रकाशित नयाँ पत्रिकाका अनुसार हरेकदिन २ अर्ब रेमिट्यान्ससँगै दुई भन्दा बढी शब देश भित्रिन्छ । बैदेशिक रोजगारमा गएका युवामध्ये ५ वर्षमा ४१५३ युवाले ज्यान गुमाए । उक्त अबधिमा ५ सय ४५ जना जेलमा यातना भोगिरहेका छन् । ती मध्ये २५ जनालाई मृत्युदण्ड सुनाइएको छ भने २५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्यु र जीवनसँग लडिरहेका छन् ।

पाँचवर्षमा सबैभन्दा बढी युवाले ज्यान गुमाउने यी आठ मुलुकमध्ये मलेसियामा सबैभन्दा बढी युवाले ज्यान गुमाएका छन् । जसमा १५३७ युवाको मृत्यु भएको छ । मलेसियाको जेलमा २०५ जना रहेका छन् भने २०० युवा हराएका छन् । मलेसियाबाट पाँचवर्षमा ३ खर्ब ९३ अर्ब रेमिट्यान्स देश भित्रिएको छ ।

त्यसपछि दोश्रो देशमा साउदी अरेविया रहेको छ । जहाँ ११४७ नेपाली युवाले ज्यान गुमाएका छन् । ५४ जना जेलमा रहेका छन् भने ६७ जना हराएको र कोमामा ५ जना रहेको तथ्यांक छ । साउदीबाट मुलुकमा ४ खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

बिदेशमा ज्यान गुमाउने तेश्रो देशका रुपमा कतार रहेको छ । पाँचवर्षको अवधिमा कतारमा ७०७ नेपालीले ज्यान गुमाएका छन् । त्यहाँको जेलमा ३५ जना रहेका छन् भने २२ जना हराएका छन् । कतारबाट ४ खर्ब १९ अर्ब रेमिट्यान्स देश भित्रिएको छ ।

त्यस्तै चौथो देशमा युएई रहेको छ । युएईमा ३३७ जना नेपाली युवाको मृत्यु भएको छ । त्यहाँको जेलमा १८५ जना रहेका छन् भने २३ जना हराएका छन् । कोमामा एकजना रहेका छन् भने उक्त देशबाट पाँचवर्षको अवधिमा मुलुकमा ३ खर्ब ८३ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

त्यसैगरी पाँचौमा कुवेत रहेको छ । कुवेतमा १४५ जना युवाको मृत्युभएको छ भने जेलमा ५८ जना र ४६ जना हराएका छन् । कोमामा ४ युवा जीवन मृत्युसँग संघर्ष गरिरहेका छन् भने उक्त देशबाट ६० अर्ब ५७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक रहेको छ ।

छैटौं देशमा दक्षिण कोरिया रहेको छ । इपियसअन्तर्गत विभिन्न कामका लागि कोरिया पुगेका नेपाली युवाको पछिल्लो चरणमा भवितव्य भन्दा पनि आत्महत्या लगायतका घटनामा मृत्यु बढी भएको पाइन्छ । कोरियामा पाँचवर्षको अवधिमा ७६ जनाको मृत्यु भएको छ भने उक्त देशबाट ७१ अर्ब ९८ करोड रेमिट्यान्स भित्रिएको छ ।

त्यसैगरी सातौं बहराइन रहेको छ । बहराइनमा पाँचवर्षको अवधिमा ४८ जनाको मृत्यु भएको छ भने जेलमा ५ जना र कोमामा ४ जना जीवन र मृत्युसग संघर्ष गरिरहेका छन् । उक्त देशबाट ९१ अर्ब ३८ करोड रुपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको छ ।

त्यसैगरी आठौं देशका रुपमा जापानमा १२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । उक्त देशबाट पाँचवर्षको अवधिमा २ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

वि.सं.२०७६ पुस ३ बिहीवार ०९:४३ मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...