back

बेलायतको मुद्रास्फीति दर नोभेम्बरमा १.५ प्रतिशत कायम

वि.सं.२०७६ पुस ३ बिहीवार

555 

shares
IME Limited
NTC AD

३ पुस, लण्डन ।  बेलायतको मुद्रा स्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रा स्फीति दर १.५ प्रतिशत कायम भएको यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

बेलायतको मुद्रा स्फीतिलाई सन्तुलनमा राख्न आवास, खानेपानी, विद्युत्, ग्यास र अन्य इन्धनले ठूलो योगदान पु¥याएको बताइएको छ । यहाँको मुद्रा स्फीतिमा ठूलो नकारात्मक प्रभाव पार्ने स्रोतका रूपमा बन्दोबस्तीका सेवा तथा सूर्तिजन्य सामानको बजारमा देखिएको समस्यालाई कार्यालयले उल्लेख गरेको छ ।

बेलायतको केपीएमजीका प्रमुख अर्थशास्त्री याएल सेल्फिनले बेलायत अझै बैंक अफ इङ्ल्याण्डले दिएको लक्ष्यभन्दा धेरै पछि रहेको र यसलाई सन् २०२० मा सन्तुलनमा ल्याइने उनले बताए । बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगस्ट–अक्टोबर) मा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् । सन् २०१८ को सोही अवधिको तुलनामा यो सङ्ख्या ९३ हजारले कमी हो भने पाँच वर्ष पहिलेको सोही अवधिभन्दा यो सङ्ख्या छ लाख ७३ हजारले कमी हो । “विगत छ वर्षमा बेलायतको बेरोजगार दर सामान्य गतिमा घटिरहेको छ ।”

रोजगार दर ७६.२ प्रतिशत रहेको पनि अध्ययनले बताएको छ । यो दर गत वर्षको अगस्ट–अक्टोबरको तुलनामा ०.४ प्रतिशत अङ्कले वृद्धि हो । बेलायतमा ८०.४ प्रतिशत पुरूष रोजगार रहेका छन् भने महिलाको रोजगार दर ७२.० प्रतिशत देखिएको छ ।

पछिल्लो समय महिलाहरूको रोजगार दरमा देखिएको वृद्धिमा आंशिक रूपमा राज्यले महिलाका लागि सेवा निवृत्त हुने उमेर हदलाई बढाउनु पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ । बेलायतमा महिलाहरूले सक्रिय जागिरे जीवनबाट ६० देखि ६५ वर्षको उमेरमा बिदा लिने गरेका तथ्याङ्कमा उल्लेख छ ।

वि.सं.२०७६ पुस ३ बिहीवार ०९:४६ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...