३ पुष, बैतडी । कोरियाबाट फर्किएका बैतडीका दुई युवा सामुहिक तरकारी खेतीमा जमेका छन् ।
बैतडीको पाटन नगरपालकिा ९ का मोहन बिजल र सोहि ठाउँका सुरेन्द्र भण्डारीले कोरियाबाट फर्किएर सामुहिक तरकारी खेतीको थालनी गरेका हुन् ।
बिजल र भण्डारी कोरियामा रहँदा कृर्षि फार्ममै कार्यरत थिए । बिजलले कोरियामा पाँचवर्ष विताएर देश फर्किएका हुन् ।
। भण्डारी र विजलले कोरियामै रहँदा देश फर्किएर तरकारी खेती नै गर्ने उद्धेश्य लिएर देश फर्किएका थिए । हाल ती दुई युवाको नेतृत्वमा पाटन नगरपालिका ९ का ५ युवाले १० लाख लगानी गरेर सामुहिक खेतीमा लागेको समाचार आजको अन्नपूर्णमा रहेको छ ।
उनीहरुसँगै सोहि वडाका अध्यक्ष लोकबहादुर भण्डारी पनि सहभागी रहेका छन् । झण्डै २० रोपनी भाडामा जग्गा लिएर उनीहरुले तरकारी खेती सुरु गरेको बिजल बताउँछन् ।
कोरियामा रहँदा कृषी क्षेत्रमै संगालेको अनुभवलाई आफ्नै गाउँ ठाउँमा व्यवसायिक रुपमा प्रयोग गरेको बिजल बताउँछन् । फाइल : फोटो
वि.सं.२०७६ पुस ३ बिहीवार १०:५८ मा प्रकाशित






























