back
CTIZAN AD

विदेशबाट फर्केर आफ्नै देशमा गर्न थाले व्यवसाय, विदेशमा जति नेपालमै कमाउँदै

वि.सं.२०७६ पुस ३ बिहीवार

687 

shares

३ पुस, बनेपा । विदेशमा तीन वर्ष काम गरेर फर्केका सिन्धुली घ्याङलेक गाउँपालिका वडा नं ३ का सन्तबहादुर श्रेष्ठ यतिबेला बनेपास्थित नयाँबस्तीमा ब्लक उद्योगमा काम गर्दै आइरहेका छन् ।

मलेशियामा श्रमका लागि गएका उनले त्यसरी नै खटेर काम गर्नसकेमा नेपालमा नै बसेर काम गर्न सकिने भन्दै घर फर्केपछि काम खोज्न थालेको र अहिले बनेपामा दुई वर्षदेखि ब्लक उद्योगमा काम गरिरहेको बताए । त्यसअघि घरको प्लास्टर गर्ने काममा लागेका उनले कामकै सिलसिलामा सिन्धुलीबाट बनेपा आएर परिवारसहित सो काममा व्यस्त रहेको बताए । श्रेष्ठले भने, “त्यतिको खटेर काम गरेको खण्डमा यही बसेर कमाउन सकिन्छ, अहिले महिनाको रु २०–२५ हजार कमाउँछु ।”

“विदेशमा पनि कमाउने त आखिर उही हो, यता बस्यो भने परिवारसँगै बसेर सबै कुरामा साथ र सहयोग गरेर बस्न पाइन्छ, त्यसैले विदेशमा भन्दा यही ठिक छ”, श्रेष्ठले थपे “विदेश जाँदा यता के भयो कस्तो भयो होला भन्ने पीर हुन्थ्यो, अहिले त्यो सोच्नुपरेको छैन, सँगै बसेर सँगसँगै काम गर्दै आइरहेका छौँ ।” उनीसँगै सो ब्लक उद्योगमा काम गर्ने बनेपा नगरपालिका– १० का कामदार कृष्ण श्रेष्ठले पनि त्यसरी काम गरेर महिनाको २० देखि २५ हजारसम्म कमाउने गरेको बताए ।

“काम गर्न गाह्रो छ, तर पनि कमाउनका लागि काम त गर्नैप¥यो”, उनले भने, “पहिला घरमा रङ लगाउने काम गरेको थिएँ, अहिले यो काम गर्न थालेको एक वर्ष भयो ।” एक बोरा सिमेन्टबाट साना ठूला आकार हेरेर ८० देखि ८५ वटासम्म ब्लक बनाउन सकिने उनको भनाइ थियो । एक बोरा सिमेन्ट बराबर ५०० रुपैयाँ पाउने गरेको उनले बताए । मागका आधारमा काम सबै ठेक्कामा गर्ने गरेको उनको भनाइ थियो । उनी अहिले श्रीमान् र श्रीमती दुवै जनाले सो काम गरेको बताउँछन् ।

ब्लक उद्योग सञ्चालक काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नं १ स्थायी घर भएका डम्बरबहादुर घिसिङले बनेपामा ब्लक उद्योग सञ्चालन गरेपछि अहिले सात जनाले काम पाएका छन् । राम्रो आम्दानी गर्दै आउनुभएका उहाँले बनेपा नगरपालिका वडा नं ९ नयाँबस्तीमा विगत तीन वर्ष अगाडिदेखि सञ्चालन गर्दै आएको लक्ष्मी क्वालिटी ब्लक उद्योगमा आफूसँगै अरु सात जनाले रोजगारी दिँदै आएका छन् ।

सो उद्योगबाट मागअनुसार विभिन्न खाले ब्लक बनाएर बिक्री गर्दै आएको उनले बताए । फुटपाथ, पार्किङ, बगैँचा र होटलको आँगनका लागि धेरैजसो माग आउने गरेको उनको भनाइ थियो । “उद्योगमा नै आउने माग अनुसारको ब्लक बनाउने गरेका छौँ”, घिसिङले भने, “काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरलगायतका जिल्लाबाट मा आउने गरेको छ ।” डेढ लाख रुपैयाँमा शुरु गरेका उनले अहिलेसम्ममा करीब रु ४५ लाखजति कमाइसकेका छन् ।

विशेष गरेर काठमाडौँ बजार भएकाले अब त्यतै बढी केन्द्रित गरी उत्पादन र बजारीकरणलाई जोड दिनेगरी काम भइरहेको उनले बताए । शुरुमा घर निर्माण गर्ने काममा मिस्त्री काम गरेको र त्यसपछि ठेक्कापट्टाको काममा लाग्नुभएको उनले आफैँ काम गर्न नसक्ने र मान्छेलाई लगाउँदा भनेजस्तो आम्दानी नभएपछि सो काम छोडेर ब्लक बनाउने उद्योग खोलेको बताए । पहिला डेढ रोपनी जग्गा भाडामा लिएर थालनी गरेको उद्योग तीन\चार महिना अगाडिदेखि अर्को साढे तीन रोपनी जग्गा भाडामा लिएर काम गर्दै आइरहेका छन् ।रासस

वि.सं.२०७६ पुस ३ बिहीवार १३:५७ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...