back
CTIZAN AD

राष्ट्र बैंकले ल्यायो विदेशमा बस्ने नेपालीका लागि खुसीको खबर, बचतपत्र किन्नुहोस् १० प्रतिशत व्याज लिनुहोस्

वि.सं.२०७६ पुस ४ शुक्रवार

1K 

shares

४ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीका लागि ‘बैदेशिक रोजगार बचतपत्र’ निष्काशन गरेको छ ।

पुष १ गते देखि पुष २१ गते सम्मका लागि खरिद आव्हान खुला गरिएको उक्त बचतपत्र ऋण ५ वर्षका लागि रहेको र १० प्रतिशत व्याज दिने शर्त बैंकले अगाडि सारेको छ ।

बैंकले ५ वर्षका लागि १० प्रतिशत व्याज तिर्नेगरी २० करोड ऋणको आव्हान गरेको हो । जसको व्याज भुक्तानी प्रत्येक ६–६ महिनामा गर्ने पनि बैंकले जनाएको छ ।

बैंकले घटीमा पाँच हजार रुपैयाँ र बढीमा स्रोत खुलाएर २० करोड भित्रको रकम सम्मको बचतपत्र खरिद गर्न सकिने छ ।

बचतपत्र खरिद गर्नका लागि रोजगारीका लागि विदेशमा गएका वा बैदेशिक रोजगारीबाट फर्किको ४ महिना नपुगेको अथवा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा,आमा, श्रीमान,श्रीमती, छोराछोरी) को नाममा यो बचतपत्र धितो राखी बैंक तथा सस्थाबाट कर्जा लिन सकिने पनि बैंकले जनाएको छ ।

बैंकका अनुसार बचत पत्र विक्रि हुने अवधि पुष १ देखि २१ सम्म, निष्कासन मिति पौष २७ गते तथा सावा भुक्तानी २०८१ पुष २७ गते गरिने छ ।

यस्तो छ हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस ४ शुक्रवार ०९:५१ मा प्रकाशित

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले यहाँस्थित युरोपेली सङ्घ (इयू)मा आबद्ध...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष...