back
CTIZAN AD

प्रवासी नेपालीद्वारा आर्थिक सहयोग, रु पन्ध्र लाखको अक्षयकोष स्थापना

वि.सं.२०७६ पुस ४ शुक्रवार

1K 

shares

४ पुस, दमौली । करेन्ट लागेर घाइते भएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

कष्टकरपूर्ण जीवन बिताइरहेका थापालाई समाजले रु पाँच लाख ४५ हजार ३०० आर्थिक सहयोग गरेको हो ।युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उनका श्रीमती सङ्गीता थापालाई हस्तान्तरण गरेका छन् ।

विसं २०७० मा घर नजिकै बाँसपानीमा बिजुलीको लाइन मर्मतको क्रममा करेन्ट लागेर थापा घाइते भएका थिए । घाइते थापाको कष्टकरपूर्ण जीवनको बारेमा जानकारी पाएपछि युकेमा आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरिएको समाजका उपाध्यक्ष रानाले जानकारी दिए ।

“कामको सिलसिलामा परदेशमा रहे पनि गाउँघरमा अप्ठ्यारो परेकालाई समाजले सहयोग गर्दै आइरहेको छ”, रानाले भने ।भिमाद नगरपालिकाका उपप्रमुख खनालले थापाको लागि नगरपालिकाको तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता जनाए । “स्थानीय सरकार जनताको घरदैलोको सरकार हो, आपत्विपत्मा परेकालाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध छ”, उनले भने ।

करेन्ट लागेर थापाको अनुहार डढेको छ । शरीरको विभिन्न भागको मासु निकालेर उहाँको डढेको अनुहारमा मासु राखिएको छ । श्वास फेर्न कठिनाइ भएपछि नाकमा पाइप राखिएको छ भने देब्रे आँखा मासुले ढाकिएको र दाहिने आँखाको ज्योति गुमेको छ ।

आँखाको ज्योति फर्काउन चिकित्सकले रु ३० लाखभन्दा बढी खर्च लाग्ने बताएको शिवले बताए । उनको उपचारका लागि नेपालमा पनि आर्थिक सङ्कलन शुरु गरिएको अभियान्ता शालिकराम सुनारले जानकारी दिए । उनका अनुसार हालसम्म रु पाँच लाख सङ्कलन भएको छ ।

रु पन्ध्र लाखको अक्षयकोष स्थापना
तनहुँ स्थायी घर भई रोजगारको सिलसिलामा हङकङमा बस्दै आएका नेपालीहरुले स्थापना गरेको तनहुँ समाज हङकङले रु १५ लाखको अक्षयकोष स्थापना गरेको छ । जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले समाजले उक्त अक्षयकोष स्थापना गरेको हो ।

हङकङमा बस्ने तनहुँवासीले विसं २०५६ मा स्थापना गरेको समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको समाजका अध्यक्ष प्रेम गुरुङले जानकारी दिए ।

हङकङमा प्रत्येक दुई वर्षमा आयोजना हुने तनहुँ बाराही साँझ साङ्गीतिक कार्यक्रममार्फत बचेको रकमले अक्षयकोष स्थापना गरिएको छ ।

अक्षयकोषमा यस वर्ष रु पाँच लाख थप गरी अक्षयकोषको रकमलाई रु १५ लाख पु¥याइएको समाजका पूर्वअध्यक्ष भीम गुरुङले जानकारी दिए । गुरुङका अनुसार हङकङमा हालै सम्पन्न पाँचौं बाराही साँझबाट सङ्कलित रु पाँच लाख अक्षयकोषमा वृद्धि गरिएको हो ।

दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने क्यामिनको छापथोक, भिमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।
समाजमा ४०० तनहँुवासी आबद्ध छन् ।

समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार ०९:३२ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...