back
CTIZAN AD

हेर्नुहोस् त इमान्दारिता नै जीवनको महत्वपूर्ण सम्पत्ति हो

वि.सं.२०७६ पुस ४ शुक्रवार

837 

shares

४ पुस, म्याग्दी । म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेर बिहीबार अपराह्न हराएका झोला फेला पार्नुभएका रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका झलक शर्र्माले सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गरेका हुन् ।

बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीच सडकमा भेटिएको सो झोलामा रहेको रु ५० हजार २२५ नगद, ५९ हजार बराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएका थिए ।

बेनीमा मेघावान कन्ट्रक्सन व्यवसाय सञ्चालन गर्दै आएका शर्माले मोटरसाइकलमार्फत यात्रा गर्दा सडकमा झोला भेटिएको थियो । भेटिएको झोलामा नगद, चेक, मोबाइल र नागरिकतालगायतका महत्वपूर्ण कागजात देखेपछि सम्बन्धित व्यक्तिको खोजीमा लागेका आचार्यले चेकको पछाडि लेखिएको मोबाइल नम्बरमार्फत सम्बन्धित मान्छे पत्ता लगाएका थिए ।

“शुरुमा चेक नम्बरमा रहेको मोबाइल नम्बरमा सम्पर्क गरेँ, फोन उठाउँदासम्म उनलाई आफ्नो सामान हराएको जानकारीसमेत रहेनछ, पछि तपाईको सामग्री हेर्नुहोस्भन्दा उनले झोला हराएको थाहा पाए, उनले भनेका आफ्नो झोलामा रहेका सामान र भेटिएको झोलामा रहेका सामान मिलेपछि प्रहरी र जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेको हुँ”, शर्माले भने । जीप चढेर बैसरीमा पुगेकी थापा आफ्नो सामान हराएर पनि कसैले फेला पारेको सूचना पाएसँगै सामान बुझ्नका लागि आँखाबाट आँशु खसाल्दै गलेश्वर फर्केकी थिइन्।

आफ्नो हराएको सामग्री फेला पारी उपलब्ध गराएकोमा उनले शर्मालाई धन्यवाद ज्ञापन गरे । हराएको सामग्री फेला पारेर आफैँले सम्बन्धित मान्छे खोजी गरी सामान फिर्ता गरेर शर्माले इमान्दारिताको नमूना कार्य गरेको भन्दै बनेपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले धन्यवाद ज्ञापन गरेका छन् ।

वि.सं.२०७६ पुस ४ शुक्रवार ०९:५३ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...