back
CTIZAN AD

प्रदेश नं १ मा कृषि, पर्यटन र जलस्रोत प्राथमिकतामा

वि.सं.२०७६ पुस ४ शुक्रवार

783 

shares

४ पुस, विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन तथा २९औँ वार्षिक साधारणसभाको आज शुक्रबार उद्घाटन गर्दै उनले राजनीतिक अधिकार प्राप्तिपछि समृद्धिको यात्रामा सबै लाग्नुपर्नेमा जोड दिए ।

मन्त्री घिमिरेले पशुपक्षी औषधि मानव औषधि ऐनबाट सञ्चालित रहेकाले यसको अलगै ऐन बनाउन पहल गर्ने उल्लेख गर्दै अबको उत्पादन जीविकोपार्जनका लागि मात्र नभएर व्यावसायिक हुनुपर्ने बताए ।

उनले सरकारले कृषिमा आमूल परिवर्तन गर्न कृषिलाई आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्न खोजेकाले कृषि बजार नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सामथ्र्य तयार गर्नुपर्ने धारणा राखे । नेपाल पशुपक्षी व्यवसायी सङ्घका अध्यक्ष चित्रबहादुर गुरुङले राष्ट्रिय आयमा निकै योगदान दिइरहेकाले व्यवसायीको समस्याप्रति सरकारले ध्यान दिनुपर्ने बताए । अधिवेशनमा ५०० पर्यवेक्षक र प्रतिनिधिको सहभागिता छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १४:३९ मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ः पाँच जनालाई नगदसहित सम्मान

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार

सुरुङ्गा (झापा) । सरकारले सार्वजनिक तथा सरकारी स्वामित्वको जमिन संरक्षण...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...