back
CTIZAN AD

चिसोका कारण अवरुद्ध भएको फोन चार दिनपछि सेवा शुरु

वि.सं.२०७६ पुस ४ शुक्रवार

717 

shares

४ पुस, डोल्पा । चिसोका कारण बिग्रिएको टेलिफोन टावर बनाइएपछि फोन सेवा शुरु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसीलेकमा राखिएको टावरमा नयाँ आडियु उपकरण जडान गरेसँगै अवरुद्ध भएको चार दिनपछि टेलिफोन सेवा सञ्चालन भएको हो ।

रसीलेकमा राखिएको टावर बिग्रिएपछि सिङ्गो जिल्ला नै चार दिनसम्म टेलिफोन सेवाविहीन भए पनि आज बिहान ११ः०० बजेबाट नमस्ते र स्काइको मोबाइल सेवा, ल्याण्डलाइन सेवा, एडिएसएल इन्टरनेटलगायतका सबै प्रकारका सञ्चार सेवा सञ्चालन भएका छन् ।

टावर आसपासको क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले ओसिएर टावरमा राखिएको माइक्रोवेभ आडियु बिग्रिएपछि मङ्गलबारदेखि जिल्ला सञ्चार सेवाविहीन भएको दूरसञ्चार कार्यालयका प्राविधिक नवराज भट्टराईले जानकारी दिए । रसीलेकमा राखिएको टावरका लागि नेपालगञ्जबाट नयाँ आडियु उपकरण झिकाएर जडान गरेसँगै आजदेखि जिल्लाको दुनै, जुफाल, खदाङलगायतका क्षेत्रमा राखिएका टेलिफोन टावरबाट पनि फोन सेवा सञ्चालन भएको उनले बताए ।

जिल्लामा भरपर्दो टेलिफोन सेवा नहुँदा एक महिनामा मात्रै दुई/तीनपटक र हप्ता दिनसम्म पनि टेलिफोन सेवा ठप्प हुने गरेको छ । पटक–पटक अवरुद्ध भइरहने मोबाइल सेवालाई नियमित बनाउन सेवा प्रदायक कम्पनीलाई जिल्लावासीले आग्रह गरेका छन् ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १४:४८ मा प्रकाशित

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...