back
CTIZAN AD

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

वि.सं.२०८३ वैशाख २८ सोमवार

360 

shares

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण हुने भएको छ । उक्त भवन निर्माणका लागि आज मुख्यमन्त्री यामलाल कँडेलले शिलान्यास गरे ।

प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार, भवनको लागत अनुमान सुरुमा २९ करोड ९८ लाख रुपैयाँ थियो । ठेकदार कम्पनीले १६ करोड ८४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एण्ड विराट जेभी काठमाडौँ लिएको छ । “अहिले सञ्चालित ओपीडीको संरचना ५० शैय्याको अस्पतालमा आधारित छ, तर हाम्रो सेवा अहिले ३०० शैय्यामा छ”, सूचना अधिकारी ज्ञवालीले भने, “त्यसकारण भीड धेरै हुन्छ । थेग्न सक्ने अवस्था छैन ।”

प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपिडी भवन निर्माण गर्न लागिएको हो । आगामी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२४ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...