back
CTIZAN AD

विप्रेषण मिलान कोष स्थापना गरिने : नीति तथा कार्यक्रम

वि.सं.२०८३ वैशाख २८ सोमवार

249 

shares

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) लाई उपभोगबाट उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्न ’विप्रेषण मिलान कोष’ स्थापना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सो घोषणा गरेका हुन् ।

सरकारले वैदेशिक रोजगारीमा जाने नागरिकहरूका लागि छुट्टै लेन र विशेष सेवा उपलब्ध गराउने नीति लिएको छ । श्रम कूटनीतिलाई प्रभावकारी बनाउँदै नेपाली श्रमिकहरूका लागि उच्च पारिश्रमिक प्राप्त हुने नयाँ गन्तव्य मुलुकहरूको पहिचान र विविधीकरण गरिने पौडेलले बताए ।

यसैगरी, सरकारले आगामी आर्थिक वर्षदेखि विदेशमा मृत्यु भएका वा अङ्गभङ्ग भएका कामदारका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रमहरूलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्किन प्रोत्साहन गर्न ’रिभर्स प्रवासन’ एकीकृत प्याकेज ल्याइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

विशेष गरी वैदेशिक रोजगारीलाई बाध्यताबाट वैकल्पिक बनाउने उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ देखि २०९२÷९३ सम्मको अवधिलाई ’रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको छ। यस दशकभर आन्तरिक रोजगारी सिर्जना र श्रम बजारको सुदृढीकरणका लागि विभिन्न लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३४ मा प्रकाशित

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

पोखरा, कास्की । देशभर सूचना प्रविधिको विकास र नीतिगत बहसलाई...

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा...