back
CTIZAN AD

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार

363 

shares

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘६.६ मिड इयर शपिङ फेस्ट’ को घोषणा गरेको छ। उपभोक्ताको मध्य–वर्षीय किनमेललाई अझ लाभदायक र रोमाञ्चक बनाउने उद्देश्यका साथ कम्पनीले आकर्षक डिल्स, विशेष ब्रान्ड अफर, भुक्तानीमा छुट सुविधा तथा बम्पर गिभअवे उपहारहरू सार्वजनिक गरेको हो।

यो विशेष मेला आगामी जुन ५ (जेठ २२ गते) को बेलुकी ८ बजेदेखि सुरु भई जुन १० (जेठ २७ गते) सम्म सञ्चालन हुने दराजले जनाएको छ। अभियान अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी तथा विशेष भौचरहरूको उपयोग गरी आकर्षक लाभ उठाउन सक्नेछन्।

ब्रान्डहरूमा विशेष छुट र ‘रश आवर’

मेला अवधिभर दराजका लोकप्रिय ब्रान्डहरूले विशेष छुट अफरहरू ल्याएका छन्। जसअन्तर्गत प्लेटिनम ब्रान्ड पार्टनरहरू भ्यासेलिन, केमिस्ट एट प्ले र होनासाका उत्पादनमा १५ प्रतिशतसम्म, गोल्ड ब्रान्ड पार्टनर्स ब्रान्ड हाउस, न्युलाइट र सीओएसआरएक्सका तर्फबाट ७० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। यस्तै, सिल्भर ब्रान्ड पार्टनर्स फ्यानटेक, लिभाइस, एंकर र मारिकोका उत्पादनमा ६५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

यसका साथै ६६ भन्दा बढी ब्रान्डका विशेष अफरहरू समावेश गरिएको ‘ब्रान्ड रश आवर’ जुन ५ को बेलुकी ८ बजेदेखि जुन ६ को बिहान २ बजेसम्म र पुनः जुन ८ को बेलुका ८ बजेदेखि मध्यरातसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।

डिजिटल भुक्तानीमा अतिरिक्त छुट

ग्राहकहरूलाई बचतको बृहत्तर अवसर प्रदान गर्न दराजले बैंकिङ तथा डिजिटल वालेट साझेदारहरूसँग सहकार्य गरेको छ। नबिल बैंकको क्रेडिट कार्डमार्फत न्यूनतम रु. १,४९९ को खरिदमा भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम रु. ७५०) र डेबिट कार्डमार्फत १० प्रतिशत (अधिकतम रु. ५००) छुट प्राप्त हुनेछ।

त्यसैगरी, ईसेवा र खल्ती प्रयोगकर्ताहरूले ‘ब्रान्ड रश आवर’ को अवधिमा १२ प्रतिशत (अधिकतम रु. २००) र नियमित किनमेल अवधिमा १० प्रतिशत (अधिकतम रु. १५०) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्।

हाइसेन्स टीभीसहित आकर्षक उपहार जित्ने मौका

यस अभियानलाई अझ रोमाञ्चक बनाउन दराजले आकर्षक उपहारहरूको समेत व्यवस्था गरेको छ। उपहारको मुख्य आकर्षणका रूपमा हाइसेन्सको सहकार्यमा प्रिमियम ६५ इन्चको ‘हाइसेन्स क्यूलेड भिडा टीभी’ (मूल्य रु. १,६५,०००) मेगा गिभअवेका रूपमा प्रदान गरिनेछ। अभियान अवधिभर न्यूनतम रु. १०,००० बराबरको सपिङ गरी दराजमा उपलब्ध जुनसुकै भुक्तानी माध्यम प्रयोग गर्ने ग्राहकहरू स्वतः यसको लक्की ड्रमा सहभागी हुन पाउनेछन्।

यस्तै, न्यूनतम रु. ५,००० को खरिद गर्ने ग्राहकहरूका लागि ‘बाई एण्ड विन’ योजना लागू गरिएको छ। यसअन्तर्गत एक जना भाग्यशाली विजेताले रु. ५३,९६० मूल्यको ‘स्पारनोड फिटनेस होम युज वाकिङ प्याड एण्ड ट्रेडमिल’, दुई जनाले रु. ३,००० बराबरको ‘फोरया एण्ड पी सेफ प्रडक्ट बन्डल’ र एक जनाले रु. ५,००० मूल्यको ‘स्मार्ट इलेक्ट्रिक वाइन एण्ड लिक्विड डिस्पेन्सर’ जित्न सक्नेछन्।

अविश्वसनीय छुट, भुक्तानी लाभ र निःशुल्क डेलिभरीका कारण यो फेस्ट यस सिजनकै सबैभन्दा ठूलो किनमेल उत्सव बन्ने कम्पनीको विश्वास छ। मेलासम्बन्धी थप जानकारीका लागि दराजको वेबसाइट, मोबाइल एप वा आधिकारिक फेसबुक पेजमा भिजिट गर्न दराज नेपालले अनुरोध गरेको छ।

वि.सं.२०८३ जेठ २२ शुक्रवार १२:२८ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...