back
CTIZAN AD

किन गरे अष्ट्रेलियाका प्रधानमन्त्रीले क्षमा याचना

वि.सं.२०७६ पुस ४ शुक्रवार

657 

shares

४ पुस । अट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा क्षमा याचना गरेका छन् । शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उनले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको उल्लेख गरेका छन् ।

देशमा आगलागीको घटना भइरहेका बेला प्रधानमन्त्री भने पारिवारिक भ्रमणमा रहेको भन्दै आलोचना भएपछि उनले क्षमा याचना गरेका छन् ।अष्ट्रेलियाको न्यु साउथ वेल्समा आगलागी जारी रहेको र नियन्त्रणको प्रयास असफल भइरहेको अधिकारीहरुले जनाएका छन् ।

राजधानी सिड्नीमा रहेको प्रधानमन्त्री निवासअगाडी प्रदर्शनकारीहरुले बिहीबार प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका थिए ।उनीहरुले जलवायु परिवर्तनका बारेमा तत्काल कदम चाल्न प्रधानमन्त्री मोरिसनलाई आग्रह पनि गरेको स्थानीय सञ्चार माध्यम ‘स्पेशल ब्रोडकास्टीङ सर्भिस (एसबीएस)’ले उल्लेख गरेको छ ।

अष्ट्रेलियामा प्रधानमन्त्रीले जनवरीमा बिदा लिने प्रचलन रहेकोमा यस पटक उहाँले डिसेम्बरमा बिदा लिएका छन् । जनवरीमा जापान र भारतको भ्रमण गर्ने तालिका रहेकाले डिसेम्बरमै बिदा लिएको मोरिसनले बताएका छन् ।

“मैले गहिरो पश्चाताप व्यक्त गर्दै माफी याचना गर्न चाहन्छु, देशमा ठूलो आगलागीको घटना भइरहेको अवस्थामा म पारिवारिक भ्रमणमा रहेँ,” उनले शुक्रबार भनेका छन् ।
उनले आगलागी र त्यसको नियन्त्रण तथा घाइतेहरुको उपचारका लागि भइरहेको प्रयास सम्वन्धी जानकारी आफु नियमित रुपमा लिइरहेको बताए ।

अष्ट्रेलियाका ठाउँ ठाउँमा लागेको आगो निभाउनका लागि अग्निनियन्त्रकहरू परिचालित भएका छन् । देशका कम्तीमा एक सय भन्दा बढी ठाउँमा फैलिएका डढेलो निभाउन उनीहरुले संघर्ष गरिरहेका अधिकारीहरुले जनाएका छन् । सिड्नीको दक्षिणपश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका दुई अग्निनियन्त्रकको मृत्यु भइसकेको छ ।

सेप्टेम्बरदेखि हालसम्म यी डढेलोका कारण अष्ट्रेलियामा ८ जनाको ज्यान गइसकेको छ भने ७०० भन्दा धेरै घर नष्ट भएका छन् । दशौँ लाख हेक्टर जमिन आगोको चपेटामा परेको छ ।

सबैभन्दा धेरै गर्मी भएको दुई दिनको कीर्तिमानी रेकर्ड बनाएकै बेला अष्ट्रेलियामा आगलागी भएको हो । सिड्नीमा तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी ४७ डिग्री सेल्सीयससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १४:५६ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...