back
CTIZAN AD

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

वि.सं.२०८३ वैशाख १५ मंगलवार

333 

shares

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणी रूसको प्रमुख तेल प्रशोधन केन्द्रमा युक्रनी आक्रमण पछि आगलागी भएको जनाइएको छ भने तटीय सहर टुआप्समा आगलागीका कारण बाक्लो कालो धुवाँले स्थानीय आपतकालको अवस्था उत्पन्न भएको जनाइएको छ ।

युक्रेनी सशस्त्र फौजले गरेको ड्रोन आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको बेलगोरोडका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राम मार्फत जनाएका छन् ।

एउटा कारलाई निशाना बनाइ गरिएको आक्रमणमा एक जना पुरुष र एक जना महिलाको मृत्यु भएको उनले पुष्टि गरेका छन् ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु भए देखि रूसले युक्रेनका प्रमुख पूर्वाधार स्थलहरूमा नियमित रूपमा बमबारी गरिरहेको जनाइएको छ ।

मध्य युक्रेनको क्रिवी रिग सहरमा भएको रूसी आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको ड्निप्रोपेट्रोभस्क क्षेत्रका प्रमुखले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।

मस्कोको सेनाको क्षमतालाई कम गर्न रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको किभले बताएको छ ।

रूसको दक्षिणमा स्थित तटमा रहेको टुआप्स तेल प्रशोधन केन्द्रमा पछिल्लो समयमा धेरै पटक विस्पोट भएको जनाइएको छ ।

गत हप्ता भएको युक्रेनी ड्रोन आक्रमण पछि धेरै दिन सम्म उक्त तेल प्रशोधन केन्द्रमा आगो लागेको जनाइएको छ ।

सुरक्षाकोलागि अधिकारीहरूले स्थानीयवासीहरुलाई बाहिरी गतिविधि सीमित गर्न र घरमा झ्यालहरू बन्द गरेर आदेश दिएका छन् ।(रासस/एएफपी) 

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१५ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...