back
CTIZAN AD

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

वि.सं.२०८३ वैशाख १५ मंगलवार

387 

shares

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सँगको सहकार्यमा गोरखाको आँपपिपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित मन्त्रालयका पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, सम्बन्धित अस्पताल र ‘सिटीइभिटी’का प्रतिनिधिसहित सोमबार मन्त्रालयमा बसेको संयुक्त बैठकले एचए र स्टाफ नर्सको पढाइ सञ्चालनका लागि तदारुकताका साथ तयारी अगाडि बढाउने निर्णय गरेको मन्त्रालयका अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले बताए । “गत वर्ष नै पढाइ सञ्चालन गर्ने तयारी थियो, अनुमति लिने प्रक्रिया लम्बिएकाले सुरु हुन सकेन”, उनले भने, “मन्त्रालय र सिटीइभिटीबीच तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ, हामी त्यसमै लागिपरिरहेका छौँ ।”

‘सिटीइभिटी’ गण्डकी प्रदेश कार्यालयका प्रमुख शारदा घिमिरेले परिषद्को आगामी बैठकमा प्रस्ताव पेस गर्नेगरी तयारी भइरहेको बताए । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले अनुमति दिने निर्णय गरेपछि पढाइ सञ्चालन हुने उनकोे भनाइ छ । “प्रस्ताव तयार छ, परिषद्को आगामी बैठकमा पेस हुन्छ”, प्रमुख घिमिरेले भन्नुभयो, “स्टाफ नर्स र एचए पढाउन सिटीइभिटी र प्रदेश सरकार तयारी अवस्थामा छ ।”

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री पाठकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालगत्तै सञ्चालन गर्नेगरी प्रदेश सरकारले पूर्वाधार तथा स्रोत व्यवस्थापनको काम गरिसकेको बताए । स्वास्थ्य मन्त्रालय र सिटीइभिटीले आवश्यक बजेटसमेत विनियोजन गरेको उहाँको भनाइ छ । परिषद् बैठकबाट अनुमतिप्राप्त भएपछि सिट निर्धारण हुने उनले बताए ।

मन्त्रालयले अनुमति लिने प्रक्रियासँगै पढाइ सञ्चालनका लागि प्राविधिक र व्यवस्थापकीय तयारीलाई तीव्रता दिएको छ । दुवै अस्पतालमा भौतिक पूर्वाधारदेखि र मानवसंशाधनको उपलब्धता रहेकाले पढाइ सुरु गर्न कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पताललाई गत वर्ष सय शय्यामा स्तरोन्नति गरेपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो ।

एचए पढाउने तयारी भइरहेको गोरखाको आँपपिपल अस्पताल पनि अहिले ५० शय्यामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटीइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यावहारिक अभ्यास धवलागिरि अस्पतालमा गर्नेगरी तयारी गरिएको छ । गोरखाको आँपपिपल अस्पतालमा एचए पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेको जनाइएको छ ।

पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्र प्रदेश सरकारमातहत ल्याइएको थियो । यी अस्पतालमा स्टाफ नर्स र एचए विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको थियो । प्राविधिक विषयको पढाइ सुरु गर्ने विषयमा सिटीइभिटीको उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट भएको पटकपटकको छलफलपछि प्रदेश सरकारले उक्त निर्णय गरेको थियो ।

न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारबाट पूर्ण छात्रवृत्तिको सुविधासमेत दिनेगरी तयारी गरिएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएकामा यी विषयको अध्ययन÷अध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामीण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत ठूला सहरमा जानुपर्ने बाध्यता छ ।

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:२६ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...