back
CTIZAN AD

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

वि.सं.२०८३ वैशाख १४ सोमवार

375 

shares

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक प्रयास अनिश्चित बन्दै जाँदा इरानका विदेशमन्त्री अब्बास अराघची सोमबार रुस आइपुगेका छन् । क्षेत्रीय वार्ताहरू विफल बन्दै गएको र मध्यस्थताका प्रयासहरू दबाबमा परिरहेका बेला उहाँको यो भ्रमणलाई अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ ।

इरानी विदेश मन्त्रालयका अनुसार अराघची सेन्ट पिटर्सबर्ग पुगेका छन् । त्यहाँ उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तेहरान र वासिङ्टनबीच प्रत्यक्ष संवाद ठप्पजस्तै अवस्थामा पुगेका बेला मस्कोमार्फत सम्भावित सहमतिको बाटो खोज्ने प्रयास तीव्र बनाइएको सङ्केत यसले दिएको छ ।

अराघचीले यसअघि ओमान र पाकिस्तानको भ्रमण गर्दै मध्यस्थकर्ताहरूसँग परामर्श गरेका थिए । इस्लामाबादमा हुने अपेक्षा गरिएको दोस्रो चरणको वार्ता भने अन्तिम समयमा आएर रोकिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुसनरको पाकिस्तान भ्रमण रद्द गरेपछि वार्ताको गति एकाएक अवरुद्ध भएको हो ।

यद्यपि संवाद पूर्ण रूपमा बन्द नभएको सङ्केतहरू देखिएका छन् । इरानले पाकिस्तानमार्फत अमेरिकी पक्षलाई लिखित सन्देश पठाउँदै आणविक मुद्दा र हर्मुज जलघाँटी जस्ता संवेदनशील विषयमा आफ्ना ‘लक्ष्मण रेखा’ स्पष्ट पारेको बताइएको छ । यी सन्देश औपचारिक वार्ताको हिस्सा नभए पनि सम्पर्क कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार इरानले युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्ताव पनि अघि सारेको छ, यद्यपि त्यसलाई आणविक वार्तापछिको चरणसँग जोडिएको बताइएको छ । इरानी सरकारी समाचार एजेन्सीले उक्त रिपोर्ट अस्वीकार नगरी उल्लेख गरेको छ ।

हाल इरानसँगको अमेरिका–इजरायल द्वन्द्वमा औपचारिक युद्धविराम भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिएको छ । इरानले हर्मुज जलघाँटी बन्द गरेपछि तेल, ग्यास र मलको आपूर्ति अवरुद्ध भएको छ, जसका कारण मूल्यवृद्धि भई विशेषतः विकासशील देशहरूमा खाद्य असुरक्षाको चिन्ता बढेको छ । यसैबीच अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ ।

इस्लामाबाद वार्ता रद्द भएपछि उत्पन्न परिस्थितिबारे प्रतिक्रिया दिँदै ट्रम्पले वार्ता बन्द नभएको स्पष्ट पारे । उनले इरान वार्ताका लागि इच्छुक भए अमेरिकासँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने बताए । नोभेम्बरमा हुने मध्यावधि चुनाव नजिकिँदै जाँदा बढ्दो इन्धन मूल्यका कारण ट्रम्पमाथि घरेलु दबाब पनि बढ्दै गएको छ र सर्वेक्षणहरूले युद्धप्रति अमेरिकी जनमत नकारात्मक रहेको देखाएका छन् ।

शनिबार अराघचीले ओमान भ्रमणका क्रममा सुरक्षित पारवहन सुनिश्चित गर्ने विषयमा छलफल गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत हर्मुजमार्फत सुरक्षित आवतजावत सबै देशहरूको हितमा रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रहरूलाई प्राथमिकतामा राखिएको बताए ।

तर इरानको रिभोलुसनरी गाड्र्सले भने जलघाँटीमा लगाइएको नाकाबन्दी हटाउने कुनै सङ्केत दिएको छैन । उनीहरूले यसलाई आफ्नो रणनीतिक दबाबको महत्त्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गरेका छन्, जसले क्षेत्रीय शक्ति सन्तुलनमा प्रभाव पारिरहेको छ ।

यसैबीच मध्यपूर्वको अर्को मोर्चामा पनि तनाव चर्किएको छ । इजरायल र हिजबुल्लाहबीच लेबनानमा युद्धविराम उल्लङ्घनको आरोप–प्रत्यारोप जारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनाले इरान समर्थित समूहहरूलाई लक्षित कारबाही जारी राखेको बताएका छन् ।

हिजबुल्लाहले भने इजरायलको निरन्तर आक्रमण र कब्जाको प्रतिकार गरेको दाबी गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी क्षेत्रमा भएको इजरायली आक्रमणमा दुई महिला र दुई बालबालिकासहित १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । केफर टिबनिट र जव्तार अल–शार्किया क्षेत्रमा आक्रमण हुँदा संरचनागत क्षति पनि भएको जनाइएको छ ।

इजरायलले आफ्नो एक सैनिक मारिएको पुष्टि गर्दै सम्भावित र भइरहेका खतराविरुद्ध अग्रिम कारबाही गर्ने नीति दोहो¥याएको छ । नेतान्याहुले तत्काल देखिएका मात्र होइन, उदीयमान खतराहरूलाई समेत निष्क्रिय पार्ने स्वतन्त्रता आफ्नो सेनासँग रहेको स्पष्ट पारेका छन् ।(रासस/एएफपी) 

वि.सं.२०८३ वैशाख १४ सोमवार १३:५३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...