back
CTIZAN AD

बिरामीले ओढ्ने ओछ्याउने बोकेर स्वास्थ्य सेवा लिन आउनेक्रम जारी

वि.सं.२०७६ पुस ४ शुक्रवार

582 

shares

४ पुस, महोत्तरी । बृहत् निःशुुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आउनेक्रम जारी रहेको छ ।

स्थानीय सोनमा गाउँपालिका–३ मा सञ्चालित शिविरबाट एक हप्तामा १६ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि यहाँ विरामी आउनेक्रम रोकिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरुपमा यहाँ सञ्चालित शिविरमा स्वास्थ्य सेवा प्राप्त गर्न पहुुँच कम भएका स्थानीयबासीका लागि बरदान सावित भएको छ ।

खखना माध्यामिक विद्यालयमा मङ्सिर २७ देखि शिविर सञ्चालित हुँदै आएको छ । हालसम्म १६ हजार ७४७ बिरामीलाई सामान्य उपचार सेवादेखि ठूलाखाले शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिएको सहायक रथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार शिविरमा उपचार गर्न आउनुभएका बिरामीमध्ये २४३ जनाको सफल शल्यक्रिया गरिएको छ । शिविरमा दैनिक तीन हजारको सङ्ख्यामा उपचारका लागि अझै बिरामी आउनेक्रम जारी छ । शिविरबाट हालसम्म नौ हजार ५४३ महिला र सात हजार १५४ पुरुष बिरामी उपचार पाएका डा खत्रीले बताए ।

पुस ५ गतेसम्म शिविर सञ्चालन हुने कार्यक्रम बनाइएको छ । स्थानीयको मागमा शिविर एक दिन थप गर्ने सम्भावना रहेको बताइएको छ । उपचारका लागि शिविरमा तीन हजार बिरामीले अग्रिम नाम दर्ता गराइसकेका छन् । जचाउन आएकी स्थानीय ६२ वर्षीया काशीकुमारी देवीको पाठेघरबाट पाँच किलो तौलको ट्युमर निकालिएको छ ।

नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धाले चिकित्सकबाट सेवा लिनुभएको छ । शिविरमा स्वास्थ्य परीक्षण गराउन महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आएका शिविर व्यवस्थापन समितिका प्रवक्ता अशोककुुमार यादवले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गर्न आउने पुुरुषमा हर्निया, हाइड्रोसिल र पित्त थैलीको पत्थरीको समस्या देखिएको छ । महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको सेनानी डा मनिष थापाले जानकारी दिए ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १४:५८ मा प्रकाशित

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...