back

जुम्लाका स्याउले पाएनन् मूल्य

वि.सं.२०७६ पुस ४ शुक्रवार

210 

shares
RBB AD
NTC AD

४ पुस, जुम्ला । “यो वर्ष पनि स्याउले राम्रो मूल्य पाएन, कति त कुहिएरै सकिए, वर्षभरि दुःख गरी उत्पादन गरेको स्याउ बजार मूल्य नपाउँदा निकै सास्ती भोग्नुपरेको छ”, पातारासी गाउँपालिकाका किसान रमा भण्डारीको गुनासो हो यो । स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको उनको दुखेसो छ ।

“सरोकारवालाले किसानका समस्या कहिले बुझ्ने, स्याउ सुपरजोनको काम के हो रु”, उनले भने । विचौलियाका कारण वास्तविक किसान ठगिएका उनको भनाइ छ । यस्तै तातोपानी गाउँपालिका–७ का स्याउ कृषक मुनबहादुर कुँवरले बजारीकरणको अभावमा स्याउका लागि प्रसिद्ध जुम्लाकै कृषक स्याउ खेतीमा हतोत्साहित भएका र किसानले बोटबाट स्याउ टिपेर बिक्रीका लागि भौँतारिनुपरेको बताए ।

“अहिले बजारमा स्याउको माग छ, तर कृषक रित्ता छन्, बनेका सोलार स्टोर प्रयोगविहीन छन्”, उनले भने, “बनेका भौतिक संरचना प्रयोगमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु ।” स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको बजार प्रवद्र्धन तथा अन्तक्र्रिया गोष्ठीमा सहभागी अधिकांश किसानले स्याउले बजार मूल्य नपाएको गुनासो गरे ।

यस वर्ष प्रतिकिलो स्याउको रु ३५ देखि ५० मूल्य पाउन पनि मुस्किल परेको कृषकको भनाइ छ । जुम्लाको स्याउको नाममा बाहिर जिल्लाको स्याउले मूल्य पाएको र सरोकारवाला निकायले आवश्यक पहल नगरेका कारण जुम्लाको स्याउले मूल्य नपाएको उनीहरुको गुनासो छ । बजारमा रहेका बिचौलिया नरोकेसम्म जुम्लाको स्याउले मूल्य नपाउने र स्याउको गरिमा नै घट्ने वरिष्ठ स्याउ कृषक शङ्खुबहादुर खत्री बताउँछन् ।

सोलार स्टोरको प्रयोग गर्न सके बाह्रै महिना स्याउको गुणस्तरदेखि मूल्यमा गिरावट नआउने उनले बताए । स्याउ सुपरजोनका अनुसार नेपालमा हरेक वर्ष एक लाख मेट्रिक टनको हाराहारीमा स्याउ खपत हुन्छ । सोमध्ये ४३ हजार मेट्रिक टन नेपालमै उत्पादन हुन्छ भने ६७ हजार मेट्रिक टन बाहिरबाट आयात हुन्छ । देशभर जुम्लामा उत्पादित स्याउको माग अत्यधिक भए पनि मागअनुसारको खपत हुनसकेको छैन ।

हिमा गाउँपालिकाका किसान गोपाल रोकायाले विशेषगरी स्याउ उत्पादनभन्दा गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । स्याउ सुपरजोनले कार्य क्षेत्र बढाउनुपर्ने उनको भनाइ छ । सिञ्जा क्षेत्रमा सुपरजोनको कार्यक्षेत्र नै छैन । जिल्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यालय प्रमुख नवराज भण्डारीले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि सुपरजोन कार्यक्रमले यस्तो लक्ष्य राखेको उनको भनाइ छ ।

जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । भण्डारीले कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको जानकारी दिए । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव आएकाले निकट भविष्यमै कार्यक्रम लागू हुने उनले बताए । उनले हरेक स्थानीय तहले एक नमूना बगैँचा बनाउन सुझावसमेत दिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले किसान र स्याउ व्यापारीबीचको आपसी समन्वयका आधारमा आगामी दिनमा कार्यक्रमलाई अझै गुणस्तरीय बनाउन सुपरजोनलाई सुझाव दिए । किसानको सक्रियता र सरोकारवालाको तदारुकता तथा ऐक्यबद्धता मात्रै भए स्याउले भरिपूर्ण जुम्ला हुनसक्ने उनको बुझाइ छ ।

वि.सं.२०७६ पुस ४ शुक्रवार १५:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका...

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना...

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

सिमकोट (हुम्ला) । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ ।...

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो...

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट...

प्रेस स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो : मुख्यमन्त्री कँडेल

प्रेस स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,...