back
CTIZAN AD

महावीर पुनले बनाउँदै बाँदर धपाउने मेसीन

वि.सं.२०७६ पुस ७ सोमवार

732 

shares

७ पुस, काठमाडौँ । पाठकवृन्द, यदि तपाई बाँदर वा अन्य बन्यजन्तु बाट पिडित हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ । नेपालका वैज्ञानिक डा. महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविस्कार केन्द्रले बाँदर सहित वन्यजन्तु लखेट्ने मेसीन बनाउन थालेको बताएको छ ।

देशका धेरै ठाउँमा बाँदरको आतङ्कनै बढेपछि बाँदर धपाउने मेसिन बनाउन धेरै पटक आग्रह आएकोले यस्तो मेसिन बनाउन थालेको वैज्ञानिक डा. पुनले जानकारी दिएका छन् । अहिले ल्यावमा टेस्टीङ्गको काम भइरहेको जानकारी डा.पुनले दिए ।

देशका अधिकांश पहाडी भु–भाग अहिले बाँदरले दुख दिने गरेको पाइन्छ । कति बस्ती त बाँदरको आतङ्कका कारण विस्थापित भइसकेका छन् । लगाएको खेती बाँदरबाट जोगाएर भित्राउन कुस्किल भइरहेको बेला बाँदर लेखेट्ने मेसीन आम किसानलाई राम्रो उपहार हुन सक्छ डा. पुनले बताए ।

मूल्य कति पर्ला ?

देशका दुर दराजका किसानलाई लक्षीत गरेर निर्माण थालीएकाले मुल्य किसान मैत्री हुने आविस्कार केन्द्रको दाबी छ । हाल डिजाइन र टेस्टीङ्ग भइरहेकाले मूल्य तोक्न नसकिएपनि ५ हजार रुपैँया देखी १० हजार रुपैँया सम्म पर्न सक्ने डा. पुनले जनाएका छन् ।

कसरी धपाउँछ बाादर ?

सुन्दै अचम्म लाग्दो बाँदर धपाउने मेसीन, मानिसले धपाउँदा त नभाग्ने बाँदरलाई मेसीनले कसरी धपाउला तपाईलाई अचम्म लाग्न सक्छ ।

सौर्य उर्जा र जल विद्युत दुवैबाट चल्ने उक्त मेसीनले निश्चित समयको अन्तरालमा आवाज निकालेर बाँदर र वन्यजन्तु लखेट्ने काम गर्ने बैज्ञानिक डा. पुनले बताए । विभिन्न किसिमका आवाजका कारण मेसीन राखीएको स्थान वरपर कुनै वन्यजन्तु नआउने डा. पुनको दावी छ ।

कहिले आउला ?

डा. पुनका अनुसार– जतिसक्यो छिटो बजारमा ल्याउने गरी काम भइरहेको छ । आगामी सिजनका मकै बाँदर बाट जोगाउने गरी मेसीन बजारमा आउन सक्छ पुनले बताए ।

वि.सं.२०७६ पुस ७ सोमवार १५:०४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...