back
CTIZAN AD

हात्ती महोत्सव रोक्न पशु अधिकारकर्मीहरुको माग

वि.सं.२०७६ पुस ८ मंगलवार

1.2K 

shares

८ पुष, भरतपुर । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा हुन गइरहेको हात्ती महोत्सव रोक्न माग गरिएको छ । चितवनमा क्रियाशिल पशु अधिकारकर्मीहरुले हात्ती महोसव रोक्न माग गर्दै उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन लागेका प्रमुख अतिथि नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई उपस्थित नहुन आग्रह गर्दै पत्र दर्ज गराएका छन् ।

पौष १० देखि १८ गतेसम्म बाघमारा सामुदायिक वनको चौरमा हुन गइरहेको चितवन हात्ती महोत्सवको विरुद्धमा सार्वजनिक रुपमा असन्तुष्टि जायर गर्दै एमिलन राइटस क्लब, चितवनले नेकपा चितवनको कार्यालयमा नै पुगेर विरोध पत्र दर्ज गरेको बुझिएको छ । हात्ती दौडमा अंकुश, चुच्चो लठ्ठी र धारिलो हतियारको प्रयोगले हात्तीहरुको रगत नै आउने गरेको देखिएकाले यसलाई रोक्नुपर्ने उनिहरुको माग रहेको छ ।

एनिमल राइटस क्लबकी अध्यक्ष स्मृति श्रेष्ठले चितवन नेकपा अध्यक्ष यमबहादुर परियारमार्फत केन्द्रीय अध्यक्ष तथा हात्ती महोत्सवका प्रमुख अतिथिलाई दिइएको चिठी सार्वजनिक गर्दै हात्ती लगायत वन्यजन्तुलाई यातना दिएर मनोरन्जन लिने र त्यसबाट अन्तर्राष्ट्रिय पर्यटकहरुलाई आकर्षण गर्ने आधुनिक समाजलाई नसुहाउने परिदृश्य रहेको अभियान्ता सुराजन श्रेष्ठले बताए । लामो समय देखिन् पशुअधिकारको पक्षमा आवाज उठाइरहेको समुहसँग विगतवर्षहरुमा पटकपटक वर्ता गरेर हात्ती दौडलाई फास्ट वाक बनाउँदै हात्तीको वनभोज लगायतको कार्यक्रम समावेश गरेर केही संवेदनशिल देखिन खोजेको आयोजक यस वर्ष देखिन् झन् निर्मम बन्दै विगतमा हटाइसकेका जोखिमपूर्ण खेलहरु थप्नु र संसारभर आलोचित यस महोत्सवमा पूर्व प्रधानमन्त्रीलाई नै प्रमुख अतिथि बनाएर आफ्नो दम्भ मात्र प्रस्तुतगर्न खोजेको देखिएको सुराजन श्रेष्ठ बताउँछन् ।

हात्ती महोत्सवको बेलामा मात्र विरोध गर्ने भनेर पशुअधिकार कर्मीहरुको भनाइलाई आयोजकहरुले खासै महत्व लिएको पाइदैँन । युरोपियन र अमेरिकनहरुले हात्ती सफारी लगायत यस्ता महोत्सवलाई त्यति ध्यान नदिए पनि चीनिया, भारतिय तथा आन्तरिक पर्यटकको लागि यो आकर्षणको प्याकेज रहेको आयोजकहरुको तर्क रहेको छ । तर संसारभर यस्ता पशुलाई यातना दिएर हुने महोत्सवले नेपालको नकरात्मक प्रचार मात्र भइरहेको संरक्षणकर्मी तथा पशुअधिकारकर्मीहरुको मत रहेको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार १०:५७ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष...

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...