back
CTIZAN AD

बहराइनका पर्यटन मन्त्रीलाई नेपाल भ्रमणको निम्तो

वि.सं.२०७६ पुस ९ बुधवार

762 

shares

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् ।

आगामी १ जनवरी, २०२० मा नेपालमा आयोजना हुने मिनिष्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागिता हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट राजदूत सुन्दासले पर्यटन मन्त्री जायनीलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

मानमास्थित मन्त्रीको कार्यालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले उनलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्नुका साथै मानमास्थित नेपाली राजदूतावासले जनवरी १३, २०२० मा आयोजना गर्ने नेपाल भ्रमण वर्षको समुद्घाटन कार्यक्रममा समेत प्रमुख अतिथिको रुपमा सहभागिताका लागि आमन्त्रणा गरेका छन् ।

भेटमा मन्त्री जायनीले दुवै समारोहमा निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमणमा उत्कट चाहना रहेको जानकारी दिएको राजदूतावासले जनाएको छ ।

उनले नेपाल भ्रमण वर्षको अवसरमा बहराइनमा हुने कार्यक्रममा सहभागी हुने जानकारी समेत दिए । राजदूत सुन्दासले पर्यटन तथा व्यापार प्रवद्र्धन गर्न दुईदेश बीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिएका थिए ।

वि.सं.२०७६ पुस ९ बुधवार ११:०३ मा प्रकाशित