back

चट्याङ लागेर एकै परिवारका पाँच घाइते

वि.सं.२०७६ पुस १८ शुक्रवार

330 

shares
GLOBAL IME AD
NTC AD

१८ पुस, बाँके । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् । चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घाइते भएका हुन् ।

चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ ।रासस

वि.सं.२०७६ पुस १८ शुक्रवार १२:५९ मा प्रकाशित

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

गुल्मी । छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु...

आठ करोड लागतमा जिससको प्रशासनिक भवन निर्माण

आठ करोड लागतमा जिससको प्रशासनिक भवन निर्माण

नवलपरासी । झण्डै रु आठ करोड लागतमा जिल्ला समन्वय समिति...

नेपालगञ्जमा डिजिटल प्रवद्र्धन गर्न ‘क्यान इन्फोटेक’

नेपालगञ्जमा डिजिटल प्रवद्र्धन गर्न ‘क्यान इन्फोटेक’

राँझा (बाँके) । नेपालगञ्जमा डिजिटल प्रविधि प्रवद्र्धन गर्न कम्प्युटर एसोसिएसन...

किसानद्वारा ११ करोडभन्दा बढीको धान बिक्री

किसानद्वारा ११ करोडभन्दा बढीको धान बिक्री

राँझा (बाँके) । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

नेपालगञ्जबाट पाँच सय ९८ जनाको उद्धार

नेपालगञ्जबाट पाँच सय ९८ जनाको उद्धार

जानकी (बाँके) । माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज...

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा कमाउँदै रोका

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा कमाउँदै रोका

घोराही (दाङ) । यहाँको घोराही उपमहानगरपालिका-१२ हापुरका जयबहादुर रोकाको बारीमा...