back

सिरियामा तीनहप्तामै डेढलाख बालबालिका विस्थापित

वि.सं.२०७६ पुस १९ शनिवार

459 

shares

१९ पुष, न्यूयोर्क, संयुक्त राज्य अमेरिका ।  सिरियामा विगत तीन हप्तामा करिब डेढ लाख बालबालिका विस्थापित भएका छन् ।

सिरियाको इदलिब र वरपरका क्षेत्रमा जारी हिंसाका कारण एक लाख ४० हजारभन्दा बढी बालबालिका विस्थापित भएका संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले शुक्रबार जानकारी गराएको छ ।

“द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रबाट अझै पनि दैनिक चार हजार ५०० का दरले बालबालिका विस्थापित भइरहेका छन् ।” यूनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले बताए ।
यूनिसेफका अनुसार इदलिब र वरपरका क्षेत्रमा सरकार र इदलिबमा रहेका स्थानीय विपक्षी समूहबीच झडप हुँदा उनीहरू भाग्नुपर्ने बाध्यता यो नयाँ भने होइन । त्यहाँका बालबालिका पटकपटक सरकार र विपक्षी समूहबीच भएका द्वन्द्वमा उक्त क्षेत्र छोडेर आफ्ना अभिभावकसहित सुरक्षित क्षेत्रतर्फ भाग्ने गरेका छन् ।

विगत दुई हप्ताको अवधिमा दुई लाख ३५ हजारभन्दा बढी नागरिक इललिब क्षेत्रबाट बाहिरिएका राष्ट्रसङ्घले बताएको थियो । रूसको समर्थनप्राप्त सिरियाली राष्ट्रपति बसर अल असद पक्षको सुरक्षाकर्मीले विपक्षी समूहको प्रभाव रहेको इदलिब र वरपरका क्षेत्र सरकारको नियन्त्रणमा फर्काउन अन्तिम तथा निर्णायक कारबाही भन्दै मध्यडिसेम्बरदेखि हवाई आक्रमण सुरू गरेको थियो ।

असदको सत्तालाई रूस र इरानले हतियार तथा सैन्य सहयोग दिँदै आएको बताउने गरिएको छ । विश्व समुदायले इदलिबमा पिवक्षी समूहमाथि सरकारद्वारा गरिएका कारबाहीप्रति गम्भीर आलोचनापछि टर्की, रूस र इरानको पहलमा गत अगस्टमा भएको युद्धविरामको सहमतिलाई सिरियाली सत्ताधारी दलले भङ्ग गरेको राष्ट्रसंघले जनाएको छ ।

डिसेम्बर १९ देखि सुरू भएको पछिल्लो कारबाहीबाट सशस्त्र विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौँ नगर र ग्रामिण क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएका् छ भने झडपमा सयौँ सिरियाली नागरिकले ज्यान गुमाएका छन् । एएनआई

वि.सं.२०७६ पुस १९ शनिवार १४:०२ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...