back

‘तीनो’आँधीले लियो फिजीमा दुईको ज्यान, तीन हजार विस्थापित

वि.सं.२०७६ माघ ४ शनिवार

111 

shares
RBB AD
NTC AD

४ माघ, शुभा फिजी ।  फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् ।
‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण अरु तीन हजार विस्थापित भएका छन् ।

विस्थापित ती व्यक्तिहरु शरणार्थी शिविरमा बस्न बाध्य भएका अधिकारीहरुले जनाएका छन् । शनिबार तीन चरणमा आँधी आएका फिजीको मौसम विज्ञान विभागले जनाएको छ ।
समाचारमा जनाइएअनुसार आँधीले घर, खेतीपातीसँगै धेरै भौतिक संरचनाहरुमा पनि क्षति पु¥याएको छ ।“समुद्र धेरै माथि देखिएको थियो, यसले समुद्रभन्दा बाहिरी भागमा पनि धेरै ठाउँमा असर पार्ने भन्ने मलाई लागेको थियो,” एक स्थानीयले एएफपीसँग भने ।

फिजीको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका कर्मचारीहरुले विस्थापितहरुका लागि तत्काल तीन हजार एक सय १५ अस्थायी शिविरहरुको आवश्यकता परेको बताएका छन् ।
आँधीका कारण घरमा क्षति नपुगेकाहरुलाई भने चाडै नै घर फर्काउन सकिने पनि कर्मचारीहरुले जानकारी दिएका छन् ।“हामीलाई थाहा छ, विस्थापित मध्ये अधिकांशलाई अस्थायी शिविरको आवश्यकता पर्दछ, किनकी अहिले अत्यधिक बर्षा भइरहेको छ, थप खतराको चेतावनी पनि दिइएको छ,” वरिष्ठ अधिकृत उरैया रैनिमाले भने ।

उनले अधिकांश घर फर्किन थालिसकेको सूचना आफुहरुलाई प्राप्त भएको पनि जानकारी दिए । आँधी आएको ताभेनी टापुमा झण्डै १९ हजार मानिस बसोबास गर्ने गरेका थिए । त्यस क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको छ । विस्थापितहरुले आफ्ना परिवारजनको खोजी पनि गरिरहेका छन् । आँधीकै कारण कसैको मृत्यु भएको खवर भने आएको छैन ।एएफपी

वि.सं.२०७६ माघ ४ शनिवार १६:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

माले । भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो...

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

टोकियो । हालैको एक सर्वेक्षणले झण्डै ८५ प्रतिशत जापानी जनताले...

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन...

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’का रुपमा घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’का रुपमा घोषणा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई...

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख...

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा...