back
CTIZAN AD

भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

वि.सं.२०८१ वैशाख २२ शनिवार

1.3K 

shares

माले । भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् । बैठकमा मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैनिकको प्रतिस्थापनको समीक्षा भएको छ । भारत सरकारले निर्धारित समयभन्दा पहिले नै सैनिक प्रतिस्थापन गर्ने जनाएको छ ।

यसअघि नै मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिकरूपमा भारतलाई मालेबाट सेना फिर्ता लैजान अनुरोध गरेको थियो ।

माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ । “विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो”, विज्ञप्तिमा भनिएको छ, “भारत सरकारले मे १० सम्ममा तीनवटा उड्डयन प्लेटफर्ममध्ये अन्तिममा सैन्य कर्मचारीहरू प्रतिस्थापन गरी तालिकाअनुसार अघि बढिरहेकोमा दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।”

उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार जुन÷जुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ । गत महिना विदेश मन्त्रालयले माल्दिभ्समा भारतीय कर्मचारीहरूको पहिलो ब्याचलाई प्राविधिक कर्मचारीहरूले प्रतिस्थापन गरेको बताएको थियो ।

माल्दिभ्सका जनतालाई मानवीय र चिकित्सा निकासी सेवाहरू प्रदान गर्ने भारतीय उड्डयन प्लेटफर्महरूको निरन्तर सञ्चालन सक्षम पार्न भारत र माल्दिभ्स दुवै पारस्परिक व्यावहारिक समाधानमा सहमत भएका छन् ।

गत महिना विदेश मन्त्रालयले भारतीय प्राविधिक कर्मचारीहरूको पहिलो ब्याच रक्षाकर्मीहरू प्रतिस्थापन गर्न माल्दिभ्स पुगेको बताएको थियो । तेस्रो बैठक चाँडै हुने अपेक्षा गरिएको छ ।

मुलुकबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टरसहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् । (रासस÷एएनआई)

 

वि.सं.२०८१ वैशाख २२ शनिवार १८:५२ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...