back
CTIZAN AD

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

वि.सं.२०८१ वैशाख २२ शनिवार

837 

shares

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ ।

सहभागिताको मात्रा र परिमाणका हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन आयोगले जनाएको छ । आमन्त्रित प्रतिनिधिहरूले भुटान, मङ्गोलिया, अष्ट्रेलिया, मडागास्कर, फिजी, किर्गिज गणतन्त्र, रुस, माल्डोभा, ट्युनिसिया, सेशेल्स, कम्बोडिया, नेपाल, फिलिपिन्स, श्रीलङ्का, जिम्बाब्वे, बङ्गलादेश, काजाकिस्तान, जर्जिया जस्ता २३ देशका विभिन्न इएमबीएस र सङ्गठनहरूको प्रतिनिधित्व गर्छन् ।

यी २३ राष्ट्रका साथमा इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (आइएफइएस) का सदस्यहरू तथा भुटान र इजरायलका मिडिया टोलीहरू पनि सहभागी हुनेछन् ।

भारतको निर्वाचन निकायले उच्च मापदण्डको आम चुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र इएमबीएसलाई लोकतान्त्रिक उत्कृष्टताको प्रत्यक्ष साक्षीका लागि सुनौलो पुल प्रदान गर्ने भनेको छ ।

जारी लोकसभा चुनाव सन् २०२४ को समयमा ‘चुनावी आगन्तुक कार्यक्रम’ (आइइविपी) आयोजना गरेर अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिइरहेको भारतको निर्वाचन आयोग (इसिआई) ले एक विज्ञप्तिमार्फत उल्लेख बताएको छ ।

मे ४ मा सुरु हुने कार्यक्रमले विदेशी इएमबीएसलाई भारतको निर्वाचन प्रणालीका सूक्ष्मताका साथै विश्वको सबैभन्दा ठूलो लोकतन्त्र (भारत) ले प्रयोग गर्ने उत्कृष्ट अभ्यासहरूबारे परिचित गराउन खोजेको इसिआईले जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमार तथा निर्वाचन आयुक्तद्वय ज्ञानेश कुमार र डा सुखवीर सिंह सन्धुले मे ५ मा प्रतिनिधिहरूलाई सम्बोधन गर्नेछन् ।

त्यसपछि प्रतिनिधिहरू साना समूहमा छ वटा राज्य महाराष्ट्र, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतदान र सम्बन्धित तयारीहरू अवलोकन गर्न प्रस्थान गर्ने र सो कार्यक्रम मे ९ मा समापन हुनेछ ।

अप्रिल १९ देखि सुरु भएको निर्वाचन सात चरणमा सञ्चालन भइरहेको र लोकसभा चुनाव जुन १ मा सम्पन्न हुनेछ । । (रासस/एएनआई)

 

वि.सं.२०८१ वैशाख २२ शनिवार १८:४६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...