back
CTIZAN AD

माटोको उर्वराशक्ती बढाउन नगरपालिकाद्वारा कृषि चुन वितरण

वि.सं.२०८१ वैशाख २२ शनिवार

954 

shares

म्याग्दी । क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ ।

माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो । बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले माटो तथा मल प्रयोगशाला पोखराको सहयोगमा किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गर्न थालेको जानकारी दिए ।

“गत मङ्सिरमा तीन सय ८२ किसानको माटो परीक्षण गर्ने क्रममा दुई सय ६५ वटा नमूना माटोमा अम्लियपना अत्यधिक भेटिएको थियो,” उनले भने “प्रयोगशालाका प्राविधिकहरुको सिफारिसमा माटोको उपचार गर्न कृषि चुन वितरण सुरु गरेका हौँ ।”

प्रयोगशालाले ज्यामरुककोटका लागि ६० हजार किलो कृषि चुन उपलब्ध गराएको छ । प्रतिकिलो रु १० मूल्य पर्ने कृषि चुनका लागि कृषकले रु २.५ तिर्नुपर्नेछ । रासायनिक विषादी र मलको अधिक प्रयोगका कारण माटोको अम्लियपना बढेकाले कृषि चुनले माटो उपचार गर्न सिफारिस गरिएको प्रयोगशालाका प्राविधिक खुमराज बरालले बताए ।

“उत्पादन छिटो र धेरै लिन रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ । यसले कृषकलाई क्षणिक फाइदा दिए पनि माटोको गुणस्तरमा असर पु–याएको छ,” उनले भने “यस्तो अवस्थामा दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ, प्रत्येक ३÷३ वर्षमा कृषि चुन प्रयोग गर्नुपर्छ ।”

बेनी नगरपालिका–२ खबराका अगुवा कृषक सोवित शर्माले रासायनिक मल र विषादीको प्रयोग घटाउन एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरिएको बताए । गत वर्ष भकुण्डेमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशाला यसपालि बगरफाँटमा सञ्चालन भएको उनले बताए । बेनी नगरपालिकाले वडा नं ३ भकिम्लीमा पनि हालै माटो परीक्षण शिविर सञ्चालन गरेको थियो ।

 

वि.सं.२०८१ वैशाख २२ शनिवार १८:३८ मा प्रकाशित

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

कारबाट १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...