back

माटोको उर्वराशक्ती बढाउन नगरपालिकाद्वारा कृषि चुन वितरण

वि.सं.२०८१ वैशाख २२ शनिवार

264 

shares
RBB AD
NTC AD

म्याग्दी । क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ ।

माटोमा अम्लियपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो । बेनी नगरपालिका–२ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले माटो तथा मल प्रयोगशाला पोखराको सहयोगमा किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गर्न थालेको जानकारी दिए ।

“गत मङ्सिरमा तीन सय ८२ किसानको माटो परीक्षण गर्ने क्रममा दुई सय ६५ वटा नमूना माटोमा अम्लियपना अत्यधिक भेटिएको थियो,” उनले भने “प्रयोगशालाका प्राविधिकहरुको सिफारिसमा माटोको उपचार गर्न कृषि चुन वितरण सुरु गरेका हौँ ।”

प्रयोगशालाले ज्यामरुककोटका लागि ६० हजार किलो कृषि चुन उपलब्ध गराएको छ । प्रतिकिलो रु १० मूल्य पर्ने कृषि चुनका लागि कृषकले रु २.५ तिर्नुपर्नेछ । रासायनिक विषादी र मलको अधिक प्रयोगका कारण माटोको अम्लियपना बढेकाले कृषि चुनले माटो उपचार गर्न सिफारिस गरिएको प्रयोगशालाका प्राविधिक खुमराज बरालले बताए ।

“उत्पादन छिटो र धेरै लिन रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ । यसले कृषकलाई क्षणिक फाइदा दिए पनि माटोको गुणस्तरमा असर पु–याएको छ,” उनले भने “यस्तो अवस्थामा दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ, प्रत्येक ३÷३ वर्षमा कृषि चुन प्रयोग गर्नुपर्छ ।”

बेनी नगरपालिका–२ खबराका अगुवा कृषक सोवित शर्माले रासायनिक मल र विषादीको प्रयोग घटाउन एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरिएको बताए । गत वर्ष भकुण्डेमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशाला यसपालि बगरफाँटमा सञ्चालन भएको उनले बताए । बेनी नगरपालिकाले वडा नं ३ भकिम्लीमा पनि हालै माटो परीक्षण शिविर सञ्चालन गरेको थियो ।

 

वि.सं.२०८१ वैशाख २२ शनिवार १८:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र...

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी गर्दै मगर दम्पत्ती

घोराही (दाङ) । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी...

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी...

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि...