back
CTIZAN AD

त्रिपालमुनिबाट सेवा दिँदै छन् मुग्लिनका प्रहरी

वि.सं.२०७६ माघ ५ आइतवार

945 

shares

५ माघ, मुग्लिङ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्दै उनले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्छ भने । महानिरीक्षक खनालले भने, “सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए तपाईहरुले आफ्नै सम्झेर पनि यसो गर है भनेर सम्झाउनुपर्छ, नागरिकबाट यस्तो गुनासो आएका छन् है भन्नुपर्छ । ”

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामना गाउँपालिकामा दुर्गम पहाडी क्षेत्र र व्यस्त राजमार्ग भएकाले जनशक्ति बढाउन र प्रत्येक वडामा प्रहरी एकाइ राख्न माग गरे।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले देशका समृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको बताए । प्रहरी नायब उपरीक्षक शङ्कर सिलवालले चार कट्ठा छ धुरमा बन्ने उक्त भवन निर्माणका लागि रु छ करोड ५० लाख अनुमान गरिएको र एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेत, प्रहरी प्रधान कार्यालय बजेट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाट, जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी त्रिपालमुनि बस्न बाध्य छन् ।

वि.सं.२०७६ माघ ५ आइतवार ०९:०९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...