back
CTIZAN AD

एनआरएनए कान्साइ जापानले भिषाका बारेमा निःशुल्क परामर्श दिँदै

वि.सं.२०७६ माघ ५ आइतवार

855 

shares

५ माघ, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रिय समन्वय समिति कान्साईले  भिषा तथा अन्य थुप्रै विषयमा  निःशुल्क परामर्श दिने भएको छ ।

फेब्रअरी १२ मा गरिन लागिएको उक्त परामर्श कार्यक्रममा कान्साईबासी नेपालीहरुलाई यसमा भागलिन र कार्यक्रम सफल पारिदिनुहुन समेत एनआरएनए कान्साई परिवारले अनुरोध गरेको छ ।

उक्त परामर्श दिनेबारे जानकारी दिँदै समितिले लेखेको छ
‘हामी विदेशी भूमिमा छौ । फरक भेष, फरक परिवेश,फरक भाषा,संस्कार संस्कृति अनि फरक नियम कानुन भएकाले कतिपय समयमा हामीलाई विविध समस्या तथा दुविधाहरूको सामना गर्नु पर्ने हुन सक्छ । कतिपय सामान्य नियम कानुनको विषयमा यथेष्ट जानकारी नहुँदा हामीलाई विदेशको ठाउमा जिवनयापन गर्ने क्रममा कठिनाईहरूको सामना गर्नुपर्ने अवस्था सृजना हुन सक्छ ।

यथेष्ट सूचना अभावका कारण हामीले पाउने सेवा सुविधाबाट हामी वञ्चित हुन नपरोस् र तपाई हाम्रो विदेशको बसाई सरल, सहज र सफलदायि बनोस् भन्ने उद्देश्यका साथ एनआरएनए कान्साईले यहि मिती २०२०-२-१२ मा निःशुल्क भिषा तथा अन्य थुप्रै विषयमा परामर्श सेमिनारको आयोजना गर्ने भएकोले यसबाट लाभलिनुहुनका लागि र सेमिनारलाई सफल पारिदिनुहुनका लागि सम्पूर्ण कान्साईवासीहरूमा विनम्र अनुरोध गर्दछौ ।’

वि.सं.२०७६ माघ ५ आइतवार ०९:०३ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...