back
CTIZAN AD

‘शब्द चयनमा होसियार रहन’ खामेनीलाई ट्रम्पको चेतावनी

वि.सं.२०७६ माघ ५ आइतवार

624 

shares

५ माघ, वाशिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दप्रति होसियार बन्न’ चेतावनी दिएका छन् ।

“पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले यूरोप र अमेरिकाबारे ‘नीच शब्द’ बोलेका छन्,” शुक्रबार खामेनीद्वारा प्रार्थनासभामा सम्वोधनका क्रममा प्रयोग गरेका शब्दप्रति चासो व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

ट्रम्पले भने, “खामेनीको सम्बोधनमा प्रयोग भएको भाषा उत्तेजित थियो । खामेनीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘अमेरिकाको सेवक’ भनेर गम्भीर गल्ती गरेका छन् ।”

ट्वीट सन्देशमा भनिएको छ, “इरानको अर्थतन्त्र धराशायी भएको छ र त्यहाँका नागरिक पीडित छन् । नेतृत्वमा रहेका नेताले आफ्नो भाषा (शब्द) प्रयोगमा होशियारी नअपनाएमा यसको नतिजा उनीहरू आफैँले भोग्नुपर्नेछ ।”

शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिदमा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यको विरूद्धमा प्रचारप्रसार गर्न लागि परेका बताएका थिए ।

प्रवचनमा इरानी नागरिकलाई राष्ट्रियताको रक्षाका लागि एक गर्न आग्रह गर्दै अमेरिकालगायत यूरोपेली केही मुलुकको नाम लिएरै आलोचना गरेका थिए ।

सर्वोच्च नेता खामेनीले तेहरानमा गरेको सम्बोधनमा विमान खसालिनु तीतो यथार्थ भएको र यसले हरेक इरानी नागरिकको मन जलेको बताउँदै तर यसैको आवरणमा केही शक्तिले इरानी विशेष बलका मेजर जनरल कासिम सुलेमानीको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएका भन्दै यसमा सबै इरानीले सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०७६ माघ ५ आइतवार ०८:५९ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...