back

गायक छन्त्यालको “फेसबुकले भेट गरायो” सार्वजनिक

वि.सं.२०७३ मंसिर २३ बिहीवार

798 

shares

facebook-le-bhetayo
“चाइना तिर जाम” “लास्टै टेन्सन भो” जस्ता चर्चित एल्वमबाट चर्चा बटुलेका गायक यूवराज छन्त्याल “फेसबुकले भेट गरायो” एल्बम लिएर दर्शक श्रोताहरुको माझमा आएका छन । गायक छन्त्यालले आफ्नो नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

आजभोली फेसबुकबाटै लभ पर्ने र विवाह गर्ने लगायतका कुराहरुलाई समेटर गीतलाई तयार गरिएको छ । प्राय जसो ठट्यौली गीत गाउने छन्त्यालले यस पटक भने अलि फरक किसिमको गीत लिएर बजारमा आएका हुन ।

प्रवासमा रहेर पनि नेपाली लोकगीतको क्षेत्रमा सक्रिय छन्त्यालका जहाजै चढेर, चाइनातीर जाम, लास्टै टेन्सन भो लगायतका चर्चीत गीतहरु बजारमा पस्कि सकेका छन् ।

“फेसबुकले भेट गरायो” एल्बममा छन्त्याल स्वयमको लय, शब्द र स्वर रहेको छ भने उनलाई चर्चित गायिका पूर्णकला बिसीले साथ दिएकी छिन । स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशन, सुरेश श्रेष्ठको छयांकन र दिपक बिष्टको सम्पादन रहेको म्युजिक भिडियोमा शेर साउद र हेमा ढुंगेलले अभिनय गरेका छन । गीतलाई गुरुआमा फिल्मस प्रा.लि.ले बजारमा उपलब्ध गराएको हो ।

वि.सं.२०७३ मंसिर २३ बिहीवार १४:१६ मा प्रकाशित

Himalayan Life AD
अमेरिका निवासी ममताको ‘पुर्बै घुमेर’ बोलको म्युजिक भिडियो सार्वजनिक

अमेरिका निवासी ममताको ‘पुर्बै घुमेर’ बोलको म्युजिक भिडियो सार्वजनिक

अमेरिका । अमेरिका निवासी ममता राईको “पुर्बै घुमेर” बोलको म्युजिक...

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौँ ।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र...