back
CTIZAN AD

बसमा पकेटमारी गर्ने तीन जना पक्राउ

वि.सं.२०७६ माघ १५ बुधवार

759 

shares

१५ माघ , भक्तपुर । मध्यपुर ठिमी नगरपालिका- ९ राधेराधेबाट काठमाडौंदुवाकोट चल्ने बसमा सवार यात्रुहरुको पाकेटमारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई नगद ११ हजार रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकुटा गाउँपालिका- ७ घर भई ललितपुर ठैब बस्ने २० वर्षीय नविन राई, सिन्धुली घ्याङलेक गाउँपालिका- ६ घर भई ललितपुर गोदाबारी बस्ने २६ वर्षीय राजिब गोले र मकवानपुर ईपाचोक गाउँपालिका ८ घर भई ललितपुर ठैब बस्ने २० वर्षीय रुबिन कठायत रहेका छन् ।

बसमा यात्रा गरीरहेकी एक महिलाको व्यागबाट पकेटमारी गरी भागेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनिहरुलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

वि.सं.२०७६ माघ १५ बुधवार १३:२८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...