back
CTIZAN AD

छयासी वटा एम्बुलेन्स अद्यावधिक

वि.सं.२०८३ जेठ ६ बुधवार

507 

shares

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन् ।

कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्लामा ९३ वटा एम्बुलेन्स दर्ता रहेका छन् । ती सबैलाई अध्यावधिक गर्न आग्रह गरिएको थियो । अध्यावधिक भएका एम्बुलेन्सहरू ख र ग वर्गका हुन । जिल्लामा अहिले क वर्गका एम्बुलेन्सहरू नरहेको उनले जानकारी दिए । उनले भने “अहिले अध्यावधिक गर्न आएका एम्बुलेन्स मध्ये ख र ग वर्गका रहेका छन् ।” ख वर्गका १२ वटा र ग वर्गका ७४ वटा रहेका छन् ।

क वर्गका एम्बुलेन्समा भेन्टीलेटरसहित मेडिकल अधिकृत, एचए वा स्टाफनर्स सहितको सुबिधा हुनुपर्ने हुन्छ । ख वर्गका एम्बुलेन्समा एचए वा स्टाफनर्स सहितको सुबिधा हुनुपर्ने हुन्छ । ग वर्गका एम्बुलेन्सले अक्सिजनसहित बिरामी ओसार्ने काम मात्रै गर्छन् । अध्यावधिक गर्न आएका एम्बुलेन्समध्ये स्वास्थ्य संस्थाका १७ वटा, नेपाल रेडक्रस सोसाईटीका १७ वटा र प्रतिष्ठान, ट्रष्ट लगायतका ५२ वटा रहेका छन् । घिमिरेका अनुसार अध्यावधिक गर्न आएकामध्ये २९ वटा दश वर्ष पूरा गरिसकेका रहेका छन् । दश वर्ष पूरा भएका एम्बुलेन्सहरू एम्बुलेन्स संञ्चालन निर्देशिका २०८२ बमोजिम नविकरण गर्न नमिल्ने उनले बताए ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार ती एम्बुलेन्स अद्यावधिक गरिएको हो । यहाँ अद्यावधिक गर्न आएका एम्बुलेन्समध्ये जिपिएस जडान भएर प्रयोग नभएका ४२ वटा रहेका छन् भने जडान नभएका ४४ वटा रहेको उहाँले बताउनुभयो । समितिले सबै एम्बुलेन्समा जिपिएस जडान गरी सञ्चालन गर्न निर्देशन गरेको छ ।

जिल्लाका सात पालिकामामध्ये भरतपुर महानगरपालिकामा ४३, खैरहनी नगरपालिकामा १६, कालिका नगरपालिकामा १०, राप्ती नगरपालिकामा छवटा, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन–तीनवटा एम्बुलेन्स रहेका छन् । यस्तै माडी नगरपालिकमा दुईवटा एम्बुलेन्स रहेका छन् । अन्य जिल्लामा दर्ता भएर भरतपुर महानगरपालिकामा सञ्चालित तीनवटा एम्बुलेन्स रहेको उनले जानकारी दिए ।

अद्यावधिक नभएका एम्बुलेन्सलाई अद्यावधिक गरेरमात्र सञ्चालन गर्नका लागि स्थानीय प्रशासनलाई आग्रह गरिने उनले जानकारी दिए । उनका अनुसार अद्यावधिक नभएकालाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाइने छ ।

वि.सं.२०८३ जेठ ६ बुधवार १०:२५ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

बेसिनका माछा सेवन नगर्न आग्रह

बेसिनका माछा सेवन नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य...