१९ माघ, काठमाडौँ । निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य आज आइतबार ५ सयले बढेको छ ।
आज आइतबार छापावाला सुन बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुन ७६ हजार २ सय मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ८ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज ५ रुपैँयाले बढेर ८ सय ९५ मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७६ माघ १९ आइतवार ११:४८ मा प्रकाशित






























