आदरणीय पाठकबृन्दलाई थाहा नै छ नेपाली कांग्रेस नेपालको पुरानो र शउतीशाली पार्टी हो । प्रजा परिषद् भन्दा कान्छो भएपनि अहिले उसको हैसियत प्रजापरिषद्को झंै भइहालेको छैन । न त गोर्खा परिषद् नै हुने स्थिति छ ।
कांग्रेस खासमा कांग्रेस नै हो, पाठकबृन्द । नेपाली कांग्रेस भनेको कुनै जमानामा प्रजातन्त्रको पर्याय मानिन्थ्यो । भन्ने गरिन्थ्यो – प्रजातन्त्र भनेको कांग्रेस र लोकतन्त्रवादी
भनेको कांग्रेसीहरू नै । त्यतिमात्र कहाँ हो र पाठकबृन्द देशलाई गणतन्त्रमा ल्याएपछि गणतन्त्र भनेको कांग्रेस र गणतन्त्रवादी भनेको कांग्रेसीहरूको अर्थ पनि आइरहेको छ ।
वास्तवमा राणावादी, राजावादी, प्रजातन्त्रवादी, लोकतन्त्रवादी र गणतन्त्रवादी सबैको पार्टी कांग्रेस हो रे पाठकबृन्द । देउवा आफै पनि यी सबै चरित्रसँग जोडिने पात्र हुन् । आरजु राणा र उनको खानदान, राजासँगको समपर्ण, गणेशमान, वीपी र किशुनजीका समर्थक, अनि गिरीजाबावु देखि प्रचण्ड सम्मको हिमचिमले देउवालाई यी सबै वादी बनाएको हो ।
देशैभरीबाट देउवा भेट्न आएका सभापतिहरूलाई मुल सभापतिले भनेछन्, पाठकबृन्द । ‘तिमीहरूले मलाई किन नवोलाएको ? नेपाली कांग्रेस त सबैको पार्टी न हो ।’
वि.सं.२०७६ माघ १९ आइतवार २२:३९ मा प्रकाशित






























