back
CTIZAN AD

वामदेवलाई बचाऊ

वि.सं.२०७६ माघ १९ आइतवार

579 

shares

यता अमेरिका आउँदा मेरो मनमा यस्तो लहडी भाव थियो । भ्रष्ट राजनीति र पतीत नेताबारे अलि दिन म कालत्र बोल्दिनँ । भीडभाड र कोलाहलदेखि म टाढा बस्छु । नाति–नातिनासँग हाँसखेल गर्दै हल्का मूडमा म समय बिताउँछु । म स्वास्थ्य सुधार्छु । मन हलुङ्गो पार्छु । तर वामदेव गौतमका आँसुले मलाई पगाल्यो । र, मैले नबोली धरै पाइनँ ।

जब वामदेव गौतमको याद आउँछ, मेरो अन्तरमा हाँसोको भुल्को उठ्छ । किन ? कारण बडो चाखलाग्दो छ । रोचक र मनोविनोदी । यथार्थपरक र हाँस्यास्पद् । कुनै बेला वामदेवबारे मैले लेखेरै भनेको थिएँ— वामदेव टाउको होइन, तीघ्रा हुन् । निज हजुरको योग्यता टाउकामा होइन, तीघ्रामा छ । निज ख्वामित्को शान र शोभा टाउकामा होइन, तीघ्रामा छ । अर्थात् सजिलो भाषामा वामदेव माने तीघ्रा, तीघ्रा र फेरि पनि तीघ्रा हो । यो वामदेवलाई होच्याउन भनिएको किमार्थ होइन । वामदेवमा जे छ, त्यो भनिएको हो । र निजमा जे छैन, त्यो छ भन्ने भ्रमबाट निजलाई मुक्त गर्ने मनसुवाले भनिएको हो ।

हो, वामदेव गौतम खसोखास तीघ्रा हुन् । यसका दह्रा प्रमाण तीनवटा छन् । झण्डै ढाई दशकअघिको कुरा हो । एमाले र कांग्रेसमा सत्ताको लुछाचुँडी चल्दै थियो । सत्ता टिकाउन र स्वाद लिइरहन एमालेले वीभत्स नाटक ग¥यो । जसरी हुन्छ उसलाई आप्mनो मत जोगाउनु थियो । उसको मतलाई किन्न कांग्रेस हातमा नोटका बिटा बोकेर चौबाटोमा खडा थियो । वामदेव एमालेका मत जोगाउने कमाण्डोमा भर्ती भए । उनले आप्mनो पक्षका मतहरूलाई लोभ्याउँदै र चटाउँदै समिट होटलमा लगेर प्याकिस गरे । अनि नभागून् र नहराऊन् भनेर अलमल्याउन उनले तिनलाई सुरा–सुन्दरी टक््रयाए । यो भयो तीघ्राको पहिलो पराक्रम ।

ओली, नेपाल र खनालले महाकाली नदी दिल्लीका चरणमा सुम्पुवा गरे । बाहुबली वामदेवलाई त्यो मन परेन । उनलाई मौकामा मौसमी राष्ट्रवादी बन्न रहर लाग्यो । र, शुरु गरे सोही अनुसारको चटकी अभिनय । उनीसमेतको कमाण्डमा एमालेलाई भत्काएर माले बनाउने नौटङ्की रचियो । वामदेव बाक्लो जीब्रो र ठूलो स्वरले ओली–नेपाल–खनाललाई राष्ट्रघाती भन्थे । पछि आप्mनो वरिपरिका कमरेडहरूलाई थाहै नदिई उनै राष्ट्रघातीका चरण चुम्न उनी एमालेमा सुटुक्क फर्किए । यो भयो तीघ्राको दोस्रो पराक्रम ।

सिंहदरबारका दादाहरू गोप्य खोपीमा लुकेर ‘आप्mनो’ संविधान लेख्दै थिए । असहमत मधेश आन्दोलनमा थियो । गृहमन्त्रीको बन्दुकधारी आसनमा वामदेव थिए । वामदेवको नृशंश कमाण्डमा मधेशमा लगभग साठीजना आन्दोलनकारी मारिए । रक्तरञ्जित मधेशको चीत्कार सुन्दा मलाई हरपल लागिरह्यो— गृहमन्त्रीको कुर्सीमा तीघ्र्राको सट्टा टाउको भएको भए के फरक पर्दो हो ? शायद धेरै फरक पथ्र्यो । शायद मारिनेको संख्या धेरै कम हुन्थ्यो । तर के लाग्छ, तीघ्राले आप्mनो योग्यता र चरित्र प्रदर्शन गरेरै छाड्यो । यो भयो तीघ्राको तेस्रो पराक्रम ।
तीघ्राका धनी वामदेव गौतम दुःखी जीव हुन् । उनको दुःखको मुहान उनीभित्रै छ । उनको दुःख आप्mनो दुःखको मुहान नदेख्नुमा छ । अथवा उनको दुःख मुहान देखेर पनि महसुस नगर्नुमा छ ।

यो समस्या वामदेवको मात्र होइन, आम मानिसको हो । म जान्ने, म ठूलो, मै राम्रो ! यो हो आम मान्छे मूलाको दुःखको एक कारण । साइज मिलाएर म जान्ने, म ठूलो, मै राम्रो भनियो भने मानिसलाई उति ठूलो दुःख हुँदैन । आप्mनो सामथ्र्यबारे आप््mनो आँकलनको साइज धेरथोर मिल्दा दुःखको साइज पनि धेरथोर सह्य हुन्छ । जब साइज मिल्दैन, गडबडी शुरु हुन्छ । वामदेव यही गडबडीको शिकार भएका छन् । उनी हुन् खसोखास तीघ्रा, म टाउको हुँ भन्ने उनलाई भयानक भ्रम छ । यो भ्रम दुःखको त्यस्तो आहाल हो, जहाँ वामदेव अहिले कुप मण्डुकभैmँ डुबुल्की मारिरहेका छन् ।

अबलाई कुरो खोलेरै कुरो गरुँ । जिन्दगीमा वामदेव गौतमको एउटा जरुवा धोको छ । एउटा जब्बर घिडघिडो । एउटा अतुप्त तृष्णा । यो धोको, घिडघिडो र तृष्णाको तापले जलेर वामदेव पलपल खरानी भइरहेका छन् । जिउँदोजस्तो देखिनु र जिउँदै पोलिँदै, खरानी हुँदै जानु जिन्दगीको डरलाग्दो विडम्बना हो । वामदेव विडम्बनाग्रस्त छन् । थेगोसरी वामदेव भन्छन्— म प्रधानमन्त्री हुनुपरो । म प्रधानमन्त्री नभई भएन । म प्रधानमन्त्री भए के हुन्छ ? समृद्धिले फड्को मार्छ, विकासले पखेटा चाल्छ, र सुख छेलोखेलो हुन्छ । प्रधानमन्त्री भए म समृद्धि, विकास र सुखमा एक वर्षमा अल्छे भारतलाई उछिन्छु, दश वर्षमा जाँगरिलो चीनलाई पछि पार्छु । र, बल्ल संसारले वामदेवलाई चिन्छ । वामदेव माने गीतकार, वामदेव माने चमत्कार !

वामदेव ठान्दा हुन्— म प्रधानमन्त्री हुन पाए बोको ब्याउँथ्यो, ढुङ्गामा दुबो उम्रिन्थ्यो, बगरमा जलको मूल फुट्थ्यो, शून्य आकाशमा धान फल्थ्यो, र रातैभरि घाम लाग्थ्यो । बरा तीघ्रको दुःख यहीँ छ । जब मूसाले आपूmलाई हात्ती आँकलन गर्छ तब आप्mनो वास्तविक साइज र आँकलनबीच ¥याङठ्याङ मिल्दैन । जब ¥याङठ्याङ मिल्दैन तब जिन्दगीमा डोठ्याङ पर्छ ।

आप्mनो अतिरञ्जित आँकलन, आत्ममुग्धता र ‘राम्रो म’ को महारोगले वामदेव गौतमलाई लाने भो । लौ न कोही उपकारी अघि सरोस् र वामदेवलाई ओडाकै भए पनि प्रधानमन्त्री बनाइदेओस् । सिंहदरबारको प्रधानमन्त्री केही हो भने ओडाको प्रधानमन्त्री पनि त केही हो ।

वि.सं.२०७६ माघ १९ आइतवार २२:३७ मा प्रकाशित

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...