back
CTIZAN AD

नेपाली सभ्यताको इतिहास र राष्ट्रियता

वि.सं.२०७६ माघ १९ आइतवार

3.8K 

shares

दशौँ हजार वर्ष पहिले समाज विकास र स्थापना सुरु भएको कुरा शिव पुराण, गीता र शिव संहितामा उल्लेख भएको कुरा माथि पनि चर्चा गरियो । त्यसबेलादेखि समाजलाई शासन गर्ने नीति नियमहरू बनेको कुरा इतिहासकार बाबुराम आचार्य उल्लेख गर्छन्– “नेपाली सभ्यता शुरुवात जब भयो त्यसबेलादेखि नै राष्ट्र सृजना गर्ने शुरुवात भएको भन्न सकिन्छ ।” उनी थप भन्छन्– “अहिलेभन्दा चार–पाँच हजार वर्ष जति पहिलेदेखि यस क्षेत्रमा ठूला सामाजिक उथल–पुथलहरू हुन थालेको पाइन्छ ।” अस्ट्रो–एसियन वा आग्नेयदेशी परिवारकै अर्का एकथरी शाखाका जनताहरू आफ्नो मूल अवस्थालाई परित्याग गरी सुख तथा सुविधाको खोजी गर्दै वर्तमान बर्मा म्यानमारबाट इरावती नदीको किनारै किनार हाल भारतको आसाम हुँदै वर्तमानको पूर्वी नेपालमा आईपुगेर यहाँका स्थानीय मूल निवासीसँग हेलमेल गर्दै बसेको पाइन्छ । त्यहाँबाट अझै अघि बढ्दै आए र यिनीहरू पछि पश्चिममा सतलज नदीसम्म नै फैलिन पुगेको पाइन्छ । यिनीहरूले यहाँका मूल निवासीका भाषा, रीति रिवाजमा केही हदसम्म प्रभाव पारेका थिए । हाल हाम्रा मगर, गुरुङ, तामाङ जाति तथा नेवार र शेर्पा पनि यही वर्गमा पर्दछन् । (नेपालको संक्षिप्त वृतान्तः बाबुराम आचार्य, सं. श्री कृष्ण आचार्य, पृ. ३ ।)

आजभन्दा अन्दाजी ३००० वर्ष पहिला हाम्रो हिमालय सभ्यताको विस्तार चीनको मैदानसम्म टिवेटियन प्लाचु हुँदै पुगेको थियो भने हालको भारतमा गङ्गानदी (ब्रह्मपुत्र)को मैदान हुँदै सभ्यता र संस्कृतिको विकास भइरहेको थियो । मानिसको झुण्डले सञ्चारको लागि आ–आफ्नै हावापानी र वातावरण अनुसार भाषाको विकास गरिरहेका थिए । यसको अलवा हिमालयको काख कास्मीर तथा दरद देशमा खस वर्गका आर्यहरू र आसाम, मेघालय र नेपालको पूर्वी भागमा किराँत वर्गका विभिन्न शाखा तथा उपशाखाका बस्तीहरू यत्रतत्र फैलिएका थिए । (न्।उ। क्ष्लनज, त्जभ पष्चबत ष्ल बलअष्भलत क्ष्लमष्ब ए। द्धढ)

यसको १ हजार वर्ष पूर्व नै हालको भारतमा १६–१७ वटा ठूला जनपद राज्यहरूको विकास भइरहेको थियो । यसका अलावा अनेक स–साना राज्यहरूको पनि विकास भएको थियो । यसबेला यी राज्यहरूमा लोकतन्त्र अर्थात राज्यका पदाधिकारी चुनिने व्यवस्था थियो । यस अवधिमा यी आर्यकै एउटा शाखाको रूपमा किराँत जातिलाई लिइएको थियो, यो पर्वतमाला र त्यसको मैदानी भागमा बस्ती विकास भइरहेको थियो । हालको उत्तरी विहार जनकपुर प्रदेश र हाल गङ्गानदी वारिको क्षेत्रमा जसलाई आज पनि मिथिला भनेर पुकारिएको छ– मा वृजि तथा मल्ल नामका राज्यहरूको सृजना भएको थियो । हाम्रो हालको नेपालका पहाडी क्षेत्र, मैदानी क्षेत्रमा यसअघिनै मानिसको चेतनाको विकासबाट वस्ती बसिसकेको थियो । सतलज नदीदेखि पूर्वतर्फ रहेका कोशी नदीको किनार र यसका आसपासका उपत्यका र गण्डकी नदीको किनार र यसको आस–पासमा वा उपत्यकाहरूमा पशुपालन व्यवसाय गरेर र केही मात्रामा अन्नको खेती समेत गरेर मानव बस्ती बसिसकेको थियो । अझ भन्ने हो भने वाग्मती नदीको सिरान काठमाडौं उपत्यकामा अझ अघिनै मानिसले बस्ती बसाइसकेका थिए । अझ भन्ने हो भने काठमाण्डौं उपत्यका तलाउको रूपमा रहँदै यसको वरिपरि शिवपुरी क्षेत्र, लप्सीफेदी, गागलफेदी, गोदावरी वन, स्वयम्भु माथिको पाखामा मानिसको सभ्यता बसिसकेको कुरा इतिहासकार कर्क प्याट्रिकले अनुमान गरेका छन् । चीनियाँ यात्री ह्वेन साङले पनि कास्मीर अफगानिस्थान हुँदै काराकुरमको बाटोबाट नेपाल आएका र उनले नेपालको वर्णन गर्दा हालको काभ्रेको पाँचखाल उपत्यका, नुवाकोट विदुर आसपासका डाँडा, उपत्यका र धादिङको केवलपुरमा बस्ती भएको र त्यसबेलाको समाज मातृसत्तात्मक थियो भन्ने कुरा स्व.पुष्पलालले आफ्नो नेपालमा मातृसत्तात्मक समाज भन्ने पुस्तकमा उल्लेख गरेका छन् । (पुष्पलालः नेपालमा मातृ सत्तात्मक समाज पृ. १३ ।)

वर्तमान नेपालको काठमाडौं उपत्यकामा प्राचीनतम कालमा किराँत वर्गको ‘नेपार’ वा नेवार नामक एउटा शाखाको पातलो आवादी फैलिएर रहेको थियो । यिनीहरू नै यस क्षेत्रका आदिम मूल निवासीका रूपमा रहे भन्न सकिन्छ । ‘नेपार’ वा नेवारहरूले वृजि गणराज्यतिरबाट नै आर्य सभ्यताको प्रकाश प्राप्त गर्न सक्छन् । हाल नेपालका तराई क्षेत्रहरूमा पाइने थारु मूल रूपमा किराँत वर्गका मानिन्छन् । रूप तथा रङ्गले किराँत वर्गका भए पनि चालचलन, रीतिरिवाज तथा यिनीहरूद्वारा बोलिने भाषा र बोलीलाई आधार मानेर हेर्ने हो भने यिनीहरूमा आर्य जातिको लक्षण बढी पाइन्छ । शुरु शुरुमा आर्यावर्तीय आर्यहरूले त्यहाँ रहेका स्थानीय किराँतहरूलाई ‘दास’ गराएर अछुतहरूको रूपमा आफ्नो बस्ती र समाजमा सम्मिलित गराउने गरेको भए पनि पछि कालान्तरमा यिनले आफू सरह व्यवहार गरेका थिए । (बाबुराम आचार्य ः नेपालको संक्षिप्त वृतान्त, पृ. ५ ।)

कतिपय इतिहासकारहरू अङ्ग्रेजहरूको पछि लागेर आर्यहरू बाहिरबाट आएर हिमालयन रेञ्ज र यसको नदी मैदान क्षेत्रमा सभ्यता बसालेको कुरा गर्छन् । यो बिलकुल गलत छ । मानव सृष्टि र सभ्यतामा हिमालयन रेञ्जको सभ्यतानै पहिलो हो । हिमालयबाट नै नदीको माध्यमबाट यो सभ्यता विस्तार हुँदै गयो । स्वामि प्रपन्नाचार्य ‘वेदमा के छ ?’ मा लेख्छन्– “कतिपय इतिहासकारहरूले यो पनि भनेका छन् कि सिन्धुघाटीको सभ्यता वैद्धिक सभ्यता भन्दा पुरानो हो र आर्यहरूले बाहिरबाट आएर सिन्धुघाटीको सभ्यतालाई नष्ट पारेका हुन् । तर वर्तमान समयमा उत्खनन् गरेर निकालेका प्रमाणहरूले ती कुरालाई असत्य सावित गरेका छन्, किनभने सिन्धुघाटीको उत्खनन् गर्दा जति शिलाहरू भेटिए ती शिल मोहरमध्ये एक शिलमा एउटा रुखको चित्र छ । त्यस रुखमा २ वटा चरा बसेका छन् । तीमध्ये एउटाले रुखमा बसेर फल खाइरहेको देखाइएको छ र अर्को चराले हेरिरहेको छ । यो चित्रलाई हेर्दा ऋग्वेदको १÷१६४÷२० चित्र जस्तो हुन्छ जसमा प्रकृतिलाई रुख बनाएर त्यसमा जीवात्मा वा त्यो जीवात्मालाई परमात्माको रूपमा सम्झेर चराको र रुखको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको छ । जसमा प्रकृतिको सजीव चित्रण फेला पर्छ । आखिर मानिसले कल्पना गरेको भगवान पनि प्रकृति नै हो । यसलाई वैदिक युगभन्दा अघिको मान्न सकिन्न, त्यसमा पनि सिन्धुघाटीमा शिलापत्र उत्खनन् गर्दा त्यस ठाउँमा शिवलिङ्ग भेटिएका छन् । यसबाट स्पष्टतया के पुष्टि हुन्छ भने सिन्धुघाटीको सभ्यता भन्दा हिमालय रेन्जको सभ्यता संसारकै पुरानो सभ्यता हो । ( स्वामी प्रपन्नाचार्य ः वेदमा के छ, पृ. १३ ।)

यसको अलवा भारतीय प्रसिद्ध विद्वान्् लोकमान्य तिलकले आर्यसभ्यता दक्षिण एसिया र पूर्वी एसिया नै हो भनेका छन् । हिमालय रेञ्जबाट निस्किएको आदि मानव गङ्गा नदीको तटमा बस्न पुगेपछि त्यसले आफ्नो सभ्यता विस्तार ग¥यो । रामायण कालको अयोध्यामा राजा दशरथ र त्यस क्षेत्रको विकसित मानव जातिले राज्य र सभ्यता विस्तारमा हालको इन्डोनेसिया र फिलिपिन्स क्षेत्र जो त्यसबेला वाली र सुग्रिवको राज्य थियो– वैज्ञानिक रूपबाट भन्दा चेतना आउन थालेको अर्थात् मानिसको रूप लिन थालेको वानर जातिसँग मित्रता गरेर आफ्नो आधुनिक विद्रोही रावणसँग मुकाविला गर्न खोजेको स्पष्ट हुन्छ । फारसीहरू आफूलाई आर्य र हिमालय सभ्यताबाट आएको भनेर अहिले पनि गर्व गर्छन् । इरान र अन्य खाडी राष्ट्रहरूले अहिले संसारका अन्य जातिभन्दा नेपालीहरूलाई बढी आदर र माया गर्ने गरेबाट पनि त्यो प्राग–ऐतिहासिकताको छाप सर्दै आएको भनेर निशङ्कोच भन्न र मूल्याङ्कन गर्न सकिन्छ ।

आचार्य तीलकले भारतवर्ष र चिनिया दुवै सभ्यता आर्यबाट प्रभावित छन् किन कि ब्रह्माण्डको यो विशाल भूखण्ड जो जनसङ्ख्याको दृष्टिले दुवै आर्य सभ्यताका प्रतीक शिव र बुद्धका अनुयायी छन् भनेर आफ्नो स्पष्ट मत व्यक्त गरेका छन् । यसको अलवा डा. एनि वेसेन्टले लेखे अनुसार पृथ्वीमा १० लाख वर्षदेखि आर्य सभ्यता छ । त्यसैले विभिन्न खोजकर्ताको मान्यता बेग्लाबेग्लै भए पनि यी सबैको निचोड मानव सभ्यता हिमालय रेन्ज र नदी घाटीबाट शुरु भएको हो । पुरातत्वविद् नाना पाव वीगले पनि ‘आर्यावर्त तील आर्याची जन्म’ नामक ग्रन्थमा हिमालयमा नै हाम्रो र हाम्रो पूर्खाबाट देवताको जन्म भएको हो । बङ्गालका प्रसिद्ध विद्वान्् अविनाश चन्द्र दाशका अनुसार (ऋग्वेदिक इन्डिया, पृ.३७६) भन्ने पुस्तकमा वेदहरूमा उत्तरतिर नक्षत्रहरूको वर्णन छ । त्यसो हुँदा वैदिक ऋषिहरूले नेपाल, कास्मिर र हिमालयहरूको पर्वतमालाबाट देखे होलान् भनेर प्रष्ट पारेका छन् ।

आधुनिक पाश्चात्य विद्वान््हरूले आर्यहरूको जन्मथलो बारे जे व्याख्या गरे पनि वैदिक वाङमयको इतिहासको छेउमा एक रत्ति पनि मिल्दैन । वास्तवमा सभ्यता र धर्मको व्याख्या गर्दा पनि मानव प्राणीको मष्तिष्क विकास हिमालय रेञ्जको नदी घाँटीबाट नै भएको हो । यसले प्रभाव जमाउँदै विश्वभर फैलिएको हो भन्ने कुरा स्वतः प्रमाणित हुन्छ । वेद र गीतालाई आधार मानेर नै कुरान र बाईबल बनेका छन् । बुद्ध दर्शन त करिव वेदको अंश नै भन्न सकिन्छ । आखिर कुरान र बाईबललाई गहिरिएर अध्ययन गर्ने र मनन समेत गर्ने हो भने पैगम्बर महमद र यशुक्रिष्टले पनि निराकार शक्ति मानेका छन् । त्यो निराकार शक्ति के त भन्दा शिव शक्ति नै हो । यसरी व्याख्या गर्दा आधुनिक युगका कुरान र बाईबलका विद्वान्् व्याख्याताले त्यसलाई खण्डन गर्न सकेका छैनन् । मौनम सम्मति लक्षणम् भन्ने उक्ति यसमा स्वतः लागू हुन्छ । यसको अलवा आर्यहरूको जन्मथलो मानसरोवर नै हो, जहाँ कैलाशकुट पर्वत अवस्थित छ । प्राचीन राज्यको विस्तारमा शाक्य वंशको राज्य हाल तिब्बतको सिगात्सेसम्म थियो । मानसरोवर रहेको ठाउँ नेपाली सभ्यताको उद्गमस्थल हो भन्नलाई कत्ति पनि शङ्कोच गर्नु पर्दैन । त्यसबेला साना साना जनपद राज्यहरू थिए ती जनपदमा राजा वा शासकको चुनाव हुन्थ्यो र ती स–साना जनपदहरूको विशाल सङ्घ आर्यावर्त थियो र आर्यावर्त भनेको हालको नेपाल हो ।

राष्ट्रियताको उत्थानमा भाषा र संस्कृतिको उत्तिकै महत्व छ । आज नेपालमा बस्ती र वातावरणका हिसावले सञ्चारको माध्यम भाषा विभिन्न रूपमा नेपालमा उदय भएका छन् । यहाँको हावापानी विश्वकै अनुपम छ । नेपाल वातावरण र हावापानीका हिसावले पृथ्वीको भूस्वर्ग भने हुन्छ । यहाँ करिव २ सय ४२ प्रकारका हावापानी पाइन्छन् । मानिसले चेतनाको अभिवृद्धि गरेपछि पहिले ईशारामा बोल्दथ्यो, पछि उसले भाषाको विकास ग¥यो । वोली, वचन र ईशारा पशुपंक्ष्ीामा पनि हुन्छ । मानिस झन् उन्नत र विकसित प्राणी भएकाले उसले सञ्चारको माध्यम अर्थात् आफ्नो कुरा अर्कालाई भन्ने माध्यमको विकास नगर्ने कुरै भएन । नेपालमा मौसम, वातावरण र हावापानी अनुसार विभिन्न धरातलमा मानव बस्ती बसे । यो कुरा हालको नेपाल मात्र नभएर हिमालयन सभ्यताले छोएको दक्षिण एसियाको पहाड र समतल भूमी, मध्यपूर्व, इरान, टर्कीको बाटो हुँदै रुसको ककेसिया, किव र जर्जियासम्म र पूर्वी एसियामा मङ्गोलिया तथा चीनका सबै भूभाग, यता पूर्वी एसियाका दक्षिण भाग थाईल्याण्ड (श्याम), कम्बोडिया, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र बर्मा समेतका पहाड र समतल मैदानमा मानव बस्तीको विकास भयो । मानिसको जनसङ्ख्या बढाउन पुरुषको विर्य खाने चलन पनि यो क्षेत्रमा थियो । बढीभन्दा बढी जन्म दिनुपर्ने र जसले बढी जन्म दियो त्यसले यो लोकमा पनि र परलोकमा पनि उसको श्रीवृद्धि, विकास र सुख–सयल हुने नियम र आचार सहिंताले जनसङ्ख्या समेत द्रूतगतिले बढीरहेको थियो ।

यसरी त्यसबेला नै आफ्नो रक्त सम्बन्धमा विवाह गर्न नहुने र यौनकार्य पनि गर्न नहुने नियम बसालिएको थियो । शिवले पार्वतीसँग विवाह गरेपछि पत्नीभक्त हुनुपर्ने र पार्वती लगायत नारी जातिले पतिभक्त हुनुपर्ने नियम बसालिएको थियो । यसरी नाता, कुटुम्ब, वन्धुत्व कायम गरेपछि एक अर्कामा सञ्चार र आदानप्रदान गर्न र कृषि कर्मबाट प्राप्त आम्दानी एक अर्कामा बाँड्न र मुद्रा नभए पनि वस्तु विनिमयको कारोबार गर्न भाषाको जरुरी थियो । आदि कालको आर्य सभ्यतामा पनि र आर्यहरूको एउटा शाखा किराँत सभ्यतामा पनि भाषाको विकास भएको छ । यसमा ‘वेदमा के छ ?’ मा स्वामी प्रपन्नाचार्य लेख्छन्– “अब प्रश्न यो छ कि आदि कालमा भाषाको उत्पत्ति नै भएको थिएन भने वाणी कसरी प्रयोग भयो ? फेरि मन्त्रमा ‘पदानी’ यो शब्दले प्रष्टै बुझाउँछ कि कसरी सुवन्त र तिङ्न्त पदको प्रयोग गर्न पनि जानेका रहेछन् । सातै विभक्तिको ज्ञान पनि आर्यहरूको प्रयोगले बुझिन्छ । व्याकरण सम्बन्धी प्रौढ प्रयोग पनि स्वयं ऋग्वेदमा गरिएका प्रयोगहरूबाट थाहा हुन्छ । त्यसकारण सबैभन्दा पहिले मानवरूपी आर्यहरू र उनको मष्तिष्कमा दैवी वाक् स्फूरित भएको कुरा स्पष्ट बुझिन्छ । यसमा हामीले बाहिर खोजीरहन पर्दैन भन्ने वर्णन गर्दै यस मन्त्रमा यसो भनिएको छ– “चत्वारी श्रीङ्गा त्रयो अस्य पादा”) यसमा भाषा विज्ञानको पदावली रेञ्ज जत्तिकै छर्लङ्ग रूपमा देखाइएको छ ।
प्रस्तुत विचार वामपन्थि व्यक्तित्व भट्टराईको ‘नेपाली सभ्यता स् विगत र वर्तमान’ पुस्तकबाट लिइएको हो । क्रमशः

वि.सं.२०७६ माघ १९ आइतवार २२:३४ मा प्रकाशित

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...