back
CTIZAN AD

चन्द समूहका नेता पक्राउ

वि.सं.२०७६ फागुन १ बिहीवार

762 

shares

१ फागुन, सप्तरी । नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ ।

हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, सङ्गठित अपराधलगायतका घटनामा प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरीको सुरुङ्गा आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा साह प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उक्त बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो । बम विस्फोटमै परेर राजेशका बुबा भिखारी साह, राजेशका अर्का छोरा प्रकाश साह, राजेशकी छोरी अञ्जली साह, छिमेकी अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।

घटनापछि मुख्य योजनाकार मानिएका साह धनुषा प्रहरीबाट जोगिन सप्तरी खटिएका थिए । सप्तरीमा चन्दा सङ्कलनमा खटिएको जानकारी पाएको सप्तरी प्रहरीले साहलाई सुक्ष्म निगरानीमा राखेको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले साहलाई पक्राउ आज जिल्ला प्रहरी कार्यालय धनुषा बुझाएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

वि.सं.२०७६ फागुन १ बिहीवार १६:३७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...