४ फागुन, रसिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रसियास्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।
नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले रसियामा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च रसिया गठन गर्ने निर्णय गरेको हो ।
जसको अध्यक्षमा डा. मनमूर्ति भुर्तेल र सचिवमा इन्द्र प्रसाद भुषाल रहेका छन् भने सदस्यहरुमा डा कुमार कार्की, डा बिमला भण्डारी, डिल्ली सुमन खरेल, गण्ोश रामदाम, मोहनीलाल चापागाईं, कमल सापकोटा, मिलन कट्टेल, दुर्गा बहादुर भट्टराई, हिमाल खनाल, मोती लाल भट्टराई, इन्द्र प्रसाद अर्याल, भक्त बहादुर सार्की र राजन रामदाम रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।
यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई ( ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।
नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?
वि.सं.२०७६ फागुन ४ आइतवार १६:५६ मा प्रकाशित