१२ फागुन, काठमाडौँ । केहि दिनदेखि यता सुनको मुल्य निरन्तर रुपमा उकालो लाग्दै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार सुनको मूल्य ५ सयले बढेको हो ।
आइतबार छापावाला सुन ७८ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज ५ सयले बढेर तोलामा ८० हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि बढेर तोलाको ८० हजार पुगेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार ९ सय २० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज सोमबार ५ रुपैँयाले बढेर ९ सय २५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ फागुन १२ सोमवार १२:३९ मा प्रकाशित




























