back
CTIZAN AD

सवारी दुर्घटनामा ३ जनाको ज्यान गयो

वि.सं.२०७६ फागुन १२ सोमवार

774 

shares

१२ फागुन, काठमाडौं । ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका- ८ बालकुमारी खरिबोटस्थित सडकमा बा।३८ प ८३५७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक काठमाडौं लाजिम्पाट बस्ने ३१ वर्षीय दिवस किशोर भट्टराई र मोटरसाइकलमा सवार ३२ वर्षीया ललिता राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका –९ च्यामासिंहस्थित सडकमा बा.३ क ३५८८ नम्बरको ट्रकले आइतबार साँझ ठक्कर दिंदा सोही नगरपालिका १० कमलबिनायक बस्ने ११ वर्षीय पैदलयात्री तिलक मकाजुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका तिलकको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर हुँदै बिएण्डबि अस्पताल ग्वार्खो ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालक रोल्पा रुम्तीगढी गाउँपालिका १ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका १० भातेढिकुर बस्ने २६ वर्षीय शुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन १२ सोमवार १२:३२ मा प्रकाशित

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...