back
CTIZAN AD

सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

वि.सं.२०७६ फागुन १२ सोमवार

738 

shares

१२ फागुन , काठमाडौं । सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाजुरा घर भई हाल काठमाडौं कीर्तिपुर बस्नेहरु २८ वर्षीय रमेश बहादुर कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल तथा २६ वर्षीय जनक कटुवाल र ललितपुर लगनखेल बस्ने ४० वर्षीय शिरबाबु महर्जन रहेका छन् ।

रमेश, प्रकाश र जनकलाई सरकारी कागजपत्रहरु किर्ते गरेको बिषयमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरुले प्रयोग गरेको नक्कली कागजपत्र बनाउने छापाखाना सम्बन्धी कुराहरु खुल्न आए पश्चात ललितपुर महानगरपालिका १९ लगनखेलस्थित एलपी छापाखानाबाट नक्कली छापहरु बनाउन प्रयोग हुने कम्प्यूटर, पेनड्राईभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प सहित शिरबाबुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर सरकारी छाप किर्ते मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

वि.सं.२०७६ फागुन १२ सोमवार १२:२४ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...