back
CTIZAN AD

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

वि.सं.२०८३ जेठ २३ शनिवार

759 

shares

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। खलङ्गाबाट करिब २३ कोष उत्तर–पश्चिममा रहेको सो पालिकाको वडा नम्बर ३ गौड्याखोलासम्म सडक पुगेको हो।

हालसम्म सडक सञ्जालबाट नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले अपिहिमाल, साइपाल र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।

अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ। सडक अभावका कारण स्थानीयले वर्षौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका थिए। मकरीगाडबाट खण्डेश्वरी घुसासम्म रु १० प्रतिकिलो ढुवानी भाडा लाग्ने गरेको स्थानीय खडक रोकायाले बताए। सडक गाउँसम्मै आएपछि ढुवानी भाडामा सहजता हुने उनको भनाइ छ।

यसअघि अपिहिमाल–५ मकरीगाडसम्म मात्रै सडक पुगेको थियो। अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा सडक पुग्ने आशा पलाएको रोकायाले जानकारी दिए।

स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने विश्वास व्यक्त गरे। भट्टारभन्दा अगाडि सडक पुगिसकेको र निर्माण निरन्तर जारी रहेकाले छिट्टै पालिका केन्द्र नौपाटासम्म सवारी सञ्चालन हुने अपेक्षा गरिएको छ। गाउँपालिका केन्द्र वडा नं ४ नौपाटामा पर्छ। सडकले वडा नं ३ र ४ जोड्नेछ। यस क्षेत्रमा चट्टानी भू–भाग नहुँदा सडकले गति लिनेछ।

तर अपिहिमाल–१ र २ सडक सञ्जालले तत्काल जोडिने सम्भावना छैन। वडा नं ३ को काफलधारसम्म सडक पुग्दा थोरै भए पनि अन्य वडाका लागि राहत हुने स्थानीयले बताएका छन्।

सडक निर्माण विएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ। कम्पनीका प्रतिनिधि धर्मसिंह धामीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नभए पनि आगामी वर्ष पालिका केन्द्रसम्म सडक पु¥याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ। मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग उछिनेर अब सहज ठाउँमा सडक निर्माण अघि बढेको छ। “शीघ्र पालिका मुकाममा सडक पुग्नेछ। नयाँ आर्थिक वर्ष अपिहिमालको विकासका लागि महत्वपूर्ण सावित हुनेछ,” अध्यक्ष बोहराले भने।

उनका अनुसार पारिवगर–मकरीगाड सडक स्तरोन्नतिको ठेक्का लागिसकेको छ। दुई वर्षभित्र कालोपत्रसहित स्तरोन्नति सम्पन्न हुनेछ। सोही अवधिमा मकरीगाडमा मोटरेबल पुल निर्माणको ठेक्का समेत भएको छ। अपिहिमाल–४ र ३ जोड्ने सडकका लागि रु सात करोड बजेट सुनिश्चित भएको भन्दै अध्यक्ष बोहराले आगामी आवमा सडक पालिका केन्द्रसम्म पुग्ने दाबी गरे।

वि.सं.२०८३ जेठ २३ शनिवार १६:०५ मा प्रकाशित

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...