back
CTIZAN AD

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

वि.सं.२०८३ जेठ २३ शनिवार

444 

shares

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपियाँ बराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएपछि कोषले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

कोषले जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगहरूमा कर्जा वा सहवित्तीयकरणमार्फत लगानी गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गरेको छ । सरकारी स्वामित्वका कम्पनीसँग मिलेर सो क्षेत्रमा लगानी गर्ने नीति अख्तियार गरिएको कोषका निर्देशक रोहित रेग्मीले बताए । कोषमा चार वटा प्रस्ताव आएकामा दुई वटामाथि छलफल भइरहेको उनको भनाइ छ ।

मुलुकको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित कोषमा सङ्कलन भएको रकम प्रयोग गरिनेछ । साथै, खानीजन्य क्षेत्रअन्तर्गत स्वदेशमै ‘क्लिङ्कर’ उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने परियोजनामा पनि लगानी गर्ने नीति लिइएको निर्देशक रेग्मीले जानकारी दिए ।

कोषमा हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत छन् । कोषले कुल दाबी भुक्तानी २० अर्ब ४५ करोड २६ लाख १० हजार ७३८ रुपियाँ गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीबापत तीन अर्ब २३ करोड ५१ लाख दुई हजार ९११ रुपियाँ, दुर्घटना तथा अशक्तता सुरक्षातर्फ २८ करोड ४४ लाख ३० हजार १८८ रुपियाँ, आश्रित परिवार सुरक्षामा ३४ करोड ९५ लाख ७३ हजार ३९८ रुपियाँ तथा अवकाश दाबीमा १६ करोड ५८ लाख ३५ हजार ४२१ रुपियाँ भुक्तानी भएको छ ।

कोषले पर्यटन, निर्माण, सूचना प्रविधि, सेवामूलक तथा कृषि क्षेत्रमा पनि संस्थागत वा सहवित्तीयकरण कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । तर, २० मेगावाटभन्दा कम क्षमताको विद्युत् परियोजना, विद्युत् खरिदमा शर्त वा बन्देज भएका परियोजना, कनेक्सन सम्झौताबमोजिम सबस्टेसन तयार नभएका परियोजना, ३० प्रतिशतभन्दा कम स्वपुँजी भएका परियोजना, निजी कम्पनीबाट मात्र सञ्चालित परियोजना तथा कोषको प्राथमिकतामा नपरेका परियोजनामा लगानी नगर्ने नीति रहेको रेग्मीले स्पष्ट पारे ।

आगामी आर्थिक वर्षको बजेटले विभिन्न कोषमा रहेको रकम उपयोग गर्ने नीति अख्तियार गरेको छ । कोषले बैङ्क तथा वित्तीय संस्थामा मात्र रकम राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले लगानीका थप क्षेत्र खोजिएको निर्देशक रेग्मीको भनाइ छ ।

वि.सं.२०८३ जेठ २३ शनिवार १५:५४ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...