back
CTIZAN AD

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

वि.सं.२०८३ जेठ २६ मंगलवार

279 

shares

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन् ।

सात वर्षअघि दुईवटा बङ्गुरबाट सुरु गरेको व्यवसायलाई उहाँले अहिले सानाठूला गरी ११० वटा बङ्गुरसम्म विस्तार गर्न सफल हुनुभएको छ । रावलले बङ्गुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा रु सात हजारसम्ममा बिक्री गर्छन् ।

बङ्गुरका पाठापाठी बिक्रीबाट मात्रै मासिक रु एक लाख ५० हजारसम्मको कारोबार हुने गरेको उनले बताए । उनले सबै खर्च कटाएर मासिक रु ७० हजार बचत गर्ने गरेको सुनाए । बङ्गुर खोरको दैनिक हेरचाह उहाँका बुबा र आमाले गर्दै आएका छन् भने बजार व्यवस्थापन र बिक्री वितरणको जिम्मेवारी आफैँले सम्हाल्दै आएका छन् ।

बङ्गुरका पाठापाठी कैलाली–कञ्चनपुरलगायत पहाडी जिल्लामा समेत बिक्री हुने गरेका छन् । बङ्गुरपालनसँगै उनले ब्रोइलर कुखुरापालन व्यवसाय पनि सञ्चालन गर्दै आएको बताए । गाउँघरमै अवसर खोजेर मिहिनेत गर्नसके राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँदै रावलले युवाहरूलाई पनि स्वदेशमै उद्यमशील बन्न आग्रह गरे ।

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:३१ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...