back
CTIZAN AD

चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण

वि.सं.२०८३ जेठ २६ मंगलवार

168 

shares

नारायणगढ (चितवन) । चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण देखिएको बताए । “यस वर्षको असामान्य मौसमका कारण रोग फैलिएको हुनसक्छ”, उनले भने, “केही दिन परेको वर्षा, रातिको चिसो र दिउँसोको तातोका कारण तापक्रममा उतारचढाव आयो । यस्तो अवस्था ढुसी फैलिन अत्यन्त अनुकूल हुन्छ ।”

कार्यालय प्रमुख कँडेलका अनुसार नेक ब्लास्ट मुख्यतः बीउबाट सर्ने रोग हो । पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता क्रमशः कमजोर बन्दै जाने भएकाले सङ्क्रमणको जोखिम बढ्ने उनकोे भनाइ छ । “हर्दिनाथ–१ र चैते–५ किसानमाझ लोकप्रिय जात हुन्, तर यस वर्ष यिनै जातमा रोगको असर बढी देखिएको छ”, उनले भने।

चितवनमा हरेक वर्ष सात हजार हेक्टरभन्दा बढी क्षेत्रमा चैते धानखेती हुँदै आएको छ । पछिल्ला वर्षमा हर्दिनाथ–१ मा नेक ब्लास्ट रोग देखिन थालेपछि किसानले विकल्पका रूपमा चैते–५ लगाउन थालेका थिए । यस वर्ष उक्त जातमा समेत रोग देखिएपछि समस्या थपिएको छ ।

रोगका कारण उत्पादनमा कमी आउने जोखिम बढेकाले कृषि प्राविधिकले खेतको नियमित अनुगमन, रोगग्रस्त बाला हटाउन, आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई आग्रह गरेका छन् । “सङ्क्रमण फैलिन नदिन र भएको उत्पादन जोगाउन पाकेको धान ढिलो नगरी थन्क्याउनु उपयुक्त हुन्छ”, कार्यालय प्रमुख कँडेलले भने ।

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:३८ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...